Chaitanya News - All about Chaitanya News
  • 2026-09-30
  • 12:08:06
  • बुधबार,आश्विन १४, २०८३
काँग्रेस १५औँ महाधिवेशनका लागि निर्वाचन कार्यतालिका सार्वजनिक

काँग्रेस १५औँ महाधिवेशनका लागि निर्वाचन कार्यतालिका सार्वजनिक

काठमाडौँ– नेपाली काँग्रेसले पार्टीको १५औँ महाधिवेशनका लागि नयाँ कार्यतालिका सार्वजनिक गरेको छ। भारी वर्षाका कारण केही निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन तथा महाधिवेशन प्रतिनिधि चयन प्रक्रिया प्रभावित भएपछि आज महाधिवेशनका लागि नयाँ कार्यतालिका सार्वजनिक गरिएको सो पार्टीले जनाएको छ। केन्द्रीय निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालले क्षेत्रीय अधिवेशन सम्पन्न गरी महाधिवेशन प्रतिनिधिको नामावली यही असोज १५ गतेसम्म केन्द्रमा पठाइसक्नुपर्ने बताए। केन्द्रीय निर्वाचन समितिका अनुसार महाधिवेशन प्रतिनिधिको रजिष्ट्रेसन असोज १६ र १७ गते गरिने छ । महाधिवेशनको उद्घाटन समारोह यही असोज १८ गते दिउँसो २ बजे काठमाडौँको खुलामञ्चमा हुने समितिले जनाएको छ। महाधिवेशनको बन्द सत्र तथा अन्य कार्यक्रम असोज १९ र २०...

  • लोकसेवा र बैंकिङमा सफल हुन पढाइसँगै आत्मअनुशासन र निरन्तरता चाहिन्छ : विशाल तिमल्सिना

    लोकसेवा र बैंकिङमा सफल हुन पढाइसँगै आत्मअनुशासन र निरन्तरता चाहिन्छ : विशाल तिमल्सिना

    ‘नेपालमा भविष्य छैन, पढाइ सके पनि अवसर छैन’ भन्ने निराशा पछिल्लो समय धेरै युवाको मनोविज्ञानमा देखिन्छ। तर आफ्नो क्षमता पहिचान गरेर सही दिशा, अनुशासन र निरन्तर मेहनतका साथ अघि बढे नेपालमै पनि करियरका पर्याप्त सम्भावना रहेको बताउनुहुन्छ लोकप्रिय प्रशिक्षक तथा...

    लोकसेवा र बैंकिङमा सफल हुन पढाइसँगै आत्मअनुशासन र निरन्तरता चाहिन्छ : विशाल तिमल्सिना
    जनउत्तरदायी शासन र नवप्रवर्तन
    जनउत्तरदायी शासन र नवप्रवर्तन

    जनउत्तरदायी शासन र नवप्रवर्तन

    तोमनाथ उप्रेती: उपसचिव, नेपाल सरकार: वर्तमान विश्वमा नवप्रवर्तन (Innovation) राष्ट्रको समृद्धि, प्रतिस्पर्धा र सेवा प्रणालीको कुशलताको मूल आधार बनेको छ। विज्ञान र प्रविधिपछि नवप्रवर्तनलाई सबैभन्दा खोजिएको र कार्यान्वयनमा ल्याइएको अवधारणा मानिन्छ। नवप्रवर्तन मात्र प्रविधिमा सीमित नभई, सोच, कार्यशैली, नीति निर्माण र सेवा प्रवाहमा समेत क्रान्ति ल्याउने शक्ति हो। यो मानवीय सृजनशीलताको न हो, जसले समस्याको समाधानका लागि परम्परागत ढाँचाबाट बाहिर...

    पुँजी बजारमा बढ्दो सहभागिता, ८० लाखभन्दा बढी पुगे डिम्याट खाता

    पुँजी बजारमा बढ्दो सहभागिता, ८० लाखभन्दा बढी पुगे डिम्याट खाता

    काठमाडौँ– नेपालको पुँजी बजारमा लगानीकर्ताको सहभागिता निरन्तर विस्तार भइरहेको देखिएको छ। नेपाल धितोपत्र बोर्डका अनुसार देशभर डिम्याट खाता खोल्नेको संख्या ८० लाख ९५ हजार पुगेको छ। बुधबार संघीय संसद्को अर्थ समितिको बैठकमा बोर्डका अध्यक्ष डा. गोपालप्रसाद भट्टले प्रस्तुत गरेको तथ्यांकअनुसार असोज १३ गतेसम्म ५१ लाख २२ हजारभन्दा बढी ‘मेरो सेयर’ खाता सक्रिय छन्। त्यस्तै, गत आर्थिक वर्षको असार मसान्तसम्म कारोबार खाता खोल्ने लगानीकर्ताको संख्या ३५ लाख ६२ हजार नाघेको छ। बोर्डका अनुसार प्राथमिक बजारमा साधारण सेयरको हिस्सा सबैभन्दा बढी ४६.२६ प्रतिशत रहेको छ। संस्थागत ऋणपत्रको हिस्सा ३१.०३ प्रतिशत, सामूहिक लगानी कोषको १४.८१ प्रतिशत, विशिष्टीकृत लगानी कोषको ५.१७ प्रतिशत र अग्राधिकार...

    चैतन्य ग्यालरी

    एक सिट देखेर डर लाग्यो, तर ‘गर्छु र गरेरै छाड्छु’ भनेर लोकसेवा पास गरेँ : दिनेशराज न्यौपाने

    चैतन्य संवादमा लोकसेवा आयोगअन्तर्गत स्वास्थ्य सेवाको जनस्वास्थ्य अधिकृत पदमा एक सिटमा एक नम्बरमा सफल हुनुभएका दिनेश राज न्यौपानेसँग लोकसेवा तयारी, प्रतिस्पर्धा, अध्ययन रणनीति, अनुशासन र सफलताको यात्राबारे विशेष संवाद गरेका छौँ। जुम्लादेखि नेपालगन्ज, काठमाडौँ हुँदै भारतसम्मको शैक्षिक यात्रा तय गर्नुभएका...

    एक सिट देखेर डर लाग्यो, तर ‘गर्छु र गरेरै छाड्छु’ भनेर लोकसेवा पास गरेँ : दिनेशराज न्यौपाने