काठमाडौँ– ६ जना अधिकृतको सरुवा भएको छ।
आज (बुधबार) मधेश प्रदेश सरकारले वन तथा वातावरण मन्त्रालयअन्तर्गत कार्यरत वन सेवाका अधिकृत नवौँ र दशौँ तहका ६ कर्मचारीको सरुवा गरेको हो।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको असोज ६ गते (मंगलबार)को निर्णय अनुसार डिभिजन वन अधिकृत तथा वरिष्ठ जलाधार व्यवस्थापन अधिकृतहरूको सरुवा गरिएको हो।
