जलवायु न्याय र हरित वित्तको मार्गचित्र
तोमनाथ उप्रेती: उपसचिव, नेपाल सरकार: जलवायु परिवर्तन आज वातावरणीय समस्यामात्र रहेन। यो अर्थतन्त्र, सार्वजनिक वित्त, सामाजिक न्याय, पूर्वाधार, खाद्य सुरक्षा र मानव सुरक्षासँग जोडिएको विकासको प्रश्न बनेको छ। नेपालका लागि यसको महत्व अझै ठुलो छ। हिमाली तथा भौगोलिक रूपमा संवेदनशील...




