समाजसेवी लोकराज पाण्डे ‘चैतन्य उत्कृष्ट समाजसेवी सम्मान–२०८२’ बाट सम्मानित - Chaitanya News
  • 2026-04-29
  • 09:29:44
  • बुधबार,बैशाख १६, २०८३
  • समाजसेवी लोकराज पाण्डे ‘चैतन्य उत्कृष्ट समाजसेवी सम्मान–२०८२’ बाट सम्मानित

    समाजसेवी लोकराज पाण्डे ‘चैतन्य उत्कृष्ट समाजसेवी सम्मान–२०८२’ बाट सम्मानित

    धनगढी- कैलालीको धनगढीस्थित चैतन्य पाठशाला को २५ औँ वार्षिकोत्सव तथा रजत जयन्ती समारोहको अवसरमा समाजसेवी लोकराज पाण्डे आगो लाई “चैतन्य उत्कृष्ट समाजसेवी सम्मान–२०८२” बाट सम्मान गरिएको छ ।

    विद्यालयले सुदूरपश्चिमको माटोमा रहेर समाजसेवा, समुदायको उत्थान तथा सामाजिक सद्भाव प्रवर्द्धनमा पु¥याएको महत्त्वपूर्ण  योगदानको कदर गर्दै पाण्डेलाई उक्त सम्मान प्रदान गरेको हो । समाजका विभिन्न क्षेत्रमा सक्रिय रहँदै सामाजिक एकता, सहकार्य र सकारात्मक परिवर्तनका लागि उहाँले खेलेको भूमिकालाई विद्यालयले उच्च मूल्याङ्कन गरेको जनाएको छ ।

    रजत जयन्ती समारोहका अवसरमा आयोजित कार्यक्रममा विद्यालयका कार्यक्रमका प्रेरक उपस्थिति योग गुरु लवदेव मिश्र, पाठशालाका प्राचार्य प्रेमनिधि ओझा र अध्यक्ष गणेश प्रसाद जोशीले उनलाई खादा, माला दोसल्ला र सम्मान पत्र सहित सम्मानित गरेका हुन् ।

    सम्मान ग्रहण गर्दै समाजसेवी पाण्डेले आफूलाई प्रदान गरिएको सम्मानप्रति आभार व्यक्त गर्दै आगामी दिनहरूमा पनि समाजसेवामा निरन्तर सक्रिय रहने प्रतिबद्धता व्यक्त गरे । उनले समाजको हित र विकासका लागि सबैले आ–आफ्नो स्थानबाट योगदान गर्न आवश्यक रहेको धारणा राख्नुभयो ।