एनपीएलः पोखराविरुद्ध सुदूरपश्चिमले रोज्यो फिल्डिङ - Chaitanya News
  • 2026-10-28
  • 18:02:40
  • बुधबार,कार्तिक १२, २०८३
  • एनपीएलः पोखराविरुद्ध सुदूरपश्चिमले रोज्यो फिल्डिङ

    एनपीएलः पोखराविरुद्ध सुदूरपश्चिमले रोज्यो फिल्डिङ

    काठमाडौँः नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गत पोखरा एभेन्जर्सविरुद्ध सुदूरपश्चिम रोयल्सले पहिले फिल्डिङ गर्ने भएको छ।

    कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको टसमा सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीले टस जितेर फिल्डिङ रोजेका हुन्। अब पोखरा एभेन्जर्सले पहिले ब्याटिङ गर्नेछ।

    सुदूरपश्चिमले प्रतियोगिताको आफ्नो पहिलो खेलमा साविक विजेता लुम्बिनी लायन्ससँग पराजय बेहोरेको थियो। पोखरा एभेन्जर्सले भने यस खेलसँगै तेस्रो संस्करणको एनपीएलमा आफ्नो यात्रा सुरु गर्दैछ।