/ Chaitanya News
हाम्रो बारेमा - Chaitanya News
  • 2025-05-15
  • 14:30:59
  • बिहिबार,जेठ ०२, २०८२

चैतन्य खबर किन?

अहिले सूचना र प्रविधिले विश्वलाई निकै साँघुरो पारिदिएको छ। यो युग सूचना र प्रविधिको हो। प्रविधिको विकाससँगै सूचनाले निकै फड्को मारिरहेको छ। र, विश्वमा दिनानुदिन इलेक्ट्रोनिक सञ्चारमाध्यमको महत्त्व बढ्दो छ। चैतन्य खबर डटकम त्यसैको उपज हो। ऐश्वर्य प्रकाशन प्रालीद्वारा सञ्चालित चैतन्य खबरमा जनताको दैलोबाट आवाज बिहीनको आवाजलाई टिपेर राज्यको आँगनसम्म पर्‍याउने प्रयत्न रहने छ। राज्यका सकारात्मक कदमलाई सुन्दर अक्षरमा लेख्ने इमान्दार कोसिस सधैँ ऊर्जावान रहने छ। असली पत्रकारिताको आयाम हामी सुरुवात गर्छौं भन्ने, दम्भ छैन। तर, त्यसको कडीका रूपमा हामी खरो प्रस्तुत हुनेछौं। र, हामी डगमगाउने छैनौं, सत्यको पक्षमा जिरह गर्न। यो हाम्रो प्रण हो। हामीलाई ब्रकिङको हतारो छैन। हो र रेका भरमा समाचार सम्प्रेशण गरेर पाठकलाई दिगभ्रमित पार्नु पनि छैन। हामी सधैँ सत्यको खोजी र तथ्यको सम्प्रेशणमा नै अडिग रहने छौं। हामी चैतन्य खबरलाई विचार र बहसको थलोका रूपमा अगाडि बढाउने छौं। हामी चैतन्यलाई समयको भरपर्दो साक्षी बनाउन चाहन्छौं। पाठकका लागि राष्ट्रिय राजनीतिक, सामाजिक, विज्ञान प्रविधि, सांस्कृतिक गतिविधि, जीवनशैली, स्वास्थ्य, खेलकुद र मनोरञ्जनसँग सम्बन्धित सामग्रीका साथै विश्वभर फैलिएका नेपाली ‘डायस्पोरा’का हालखबर र अन्तर्राष्ट्रिय समाचार सधैँ तथ्यपूर्ण, सन्तुलित तथा विश्वसनीय रूपमा एउटै थलोबाट सम्प्रेशण गरिरहने छौं। भरपर्दा समाचार स्रोत, विद्वान् लेखक, उदारमना विज्ञापनदाता र शुभेच्छुकहरूको अटुट साथ, सहयोग र स्नेहको हामीले सधैँ अपेक्षा गरेका छौं। 

                                                                                                                                                 - संपादक