सुदूरपश्चिम लोक सेवा आयोगको पाँचौँ तहको लिखित नतिजा सार्वजनिक - Chaitanya News
  • 2026-10-08
  • 09:18:11
  • बिहिबार,आश्विन २२, २०८३
  • सुदूरपश्चिम लोक सेवा आयोगको पाँचौँ तहको लिखित नतिजा सार्वजनिक

    सुदूरपश्चिम लोक सेवा आयोगको पाँचौँ तहको लिखित नतिजा सार्वजनिक

    धनगढीः सुदूरपश्चिम प्रदेश लोक सेवा आयोगले प्रदेश प्रशासन सेवा अन्तर्गत पाँचौँ तहका वरिष्ठ प्रशासन सहायक र लेखापाल पदको द्वितीय चरणको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ ।
    आयोगले विज्ञापन नं. १२०–१२८-०८१–८२ अन्तर्गत आन्तरिक प्रतियोगिता, अन्तर तह, खुला तथा समावेशी समूहबाट पदपूर्तिका लागि सञ्चालन गरिएको परीक्षाको नतिजा सार्वजनिक गरेको हो । आयोगको आधिकारिक वेबसाइटमा प्रकाशित सूचनाअनुसार नतिजा २०८३ असोज २१ गते सार्वजनिक गरिएको हो ।

    यसअन्तर्गत प्रदेश प्रशासन सेवा, सामान्य प्रशासन समूह, पाँचौँ तहको वरिष्ठ प्रशासन सहायक तथा लेखा समूहको लेखापाल पदको द्वितीय चरणको लिखित परीक्षामा सहभागी उम्मेदवारहरूको नतिजा सार्वजनिक गरिएको आयोगले जनाएको छ।

    लिखित परीक्षाको नतिजासँगै आयोगले सफल उम्मेदवारका लागि अबको कम्प्युटर सीप परीक्षण तथा अन्तर्वार्तासम्बन्धी प्रक्रियासमेत अघि बढाएको छ । आयोगले सोही दिन वरिष्ठ प्रशासन सहायक तथा लेखापाल पदका लागि कम्प्युटर सीप परीक्षण सञ्चालनसम्बन्धी सूचना पनि प्रकाशित गरेको छ।
    आयोगले सार्वजनिक गरेको विवरणअनुसार कम्प्युटर सीप परीक्षणका लागि छनोट भएका उम्मेदवारको नामावलीसमेत सार्वजनिक गरिएको छ । उम्मेदवारहरूले आफ्नो रोल नम्बर हेरी नतिजा तथा आगामी परीक्षाको मिति र समयबारे जानकारी लिन सक्नेछन् ।

    पाँचौँ तहका यी पदका लागि लामो समयदेखि परीक्षा प्रक्रियामा रहेका परीक्षार्थीका लागि नतिजा सार्वजनिक भएसँगै अबको चरणतर्फ अघि बढ्ने बाटो खुलेको छ ।
    नतिजा हेर्न यहाँ क्लिक  गर्नुहोस् ।