काठमाडौं– नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित पौडेलले प्रेमिका सिम्रन खड्कासँग विवाह गरेका छन्। उनले थाइल्यान्डमा आयोजित एक समारोहबीच सिम्रनसँग लगनगाँठो कसेका हुन्।
रोहितको विवाह समारोहमा नेपाली क्रिकेट टोलीका खेलाडीहरूको पनि उपस्थिति रहेको थियो। कुशल भुर्तेल, सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी, सन्दीप जोरा लगायतका खेलाडी विवाहमा सहभागी हुन थाइल्यान्ड पुगेका थिए।
पछिल्लो समय नेपाली क्रिकेटरहरू नेपालबाहिर विवाह गर्ने क्रम पनि देखिएको छ। यसअघि राष्ट्रिय टोलीका क्रिकेटर करण केसीले पनि भारतको चण्डीगढमा प्रेमिका वर्षा बस्नेतसँग विवाह गरेका थिए।
यससँगै रोहित पनि विदेशमा विवाह गर्ने नेपाली क्रिकेटरको सूचीमा थपिएका छन्।