धनगढीको मटियारी चोकमा ३८औँ हाइमास्ट लाइट जडान - Chaitanya News
  • 2026-10-09
  • 09:31:55
  • शुक्रबार,आश्विन २३, २०८३
  • धनगढीको मटियारी चोकमा ३८औँ हाइमास्ट लाइट जडान

    धनगढीको मटियारी चोकमा ३८औँ हाइमास्ट लाइट जडान

    धनगढीः धनगढी उपमहानगरपालिकाको ‘उज्यालो धनगढी’ कार्यक्रमअन्तर्गत धनगढी उपमहानगरपालिका–६ स्थित मटियारी चोकमा ३८औँ हाइमास्ट लाइट जडान गरी सञ्चालनमा ल्याइएको छ।

    ‘एक वडा, एक व्यापारिक केन्द्र’ कार्यक्रमलाई ध्यानमा राखेर मट्यारी चोकमा हाइमास्ट लाइट जडान गरिएको हो। उक्त लाइटको वडा नम्बर ६ का वडा सदस्य महेन्द्रबहादुर थापा मगरले उद्घाटन गरेका हुन्।

    उपमहानगरपालिकाका अनुसार ‘उज्यालो धनगढी’ कार्यक्रमअन्तर्गत नगरका विभिन्न स्थानमा हाइमास्ट लाइट जडान गर्ने कार्यलाई निरन्तरता दिइएको छ। सोही अभियानअन्तर्गत मट्यारी चोकमा पनि हाइमास लाइट जडान गरी सञ्चालनमा ल्याइएको हो।

    व्यस्त तथा सार्वजनिक आवागमनका दृष्टिले महत्त्वपूर्ण क्षेत्रका रूपमा रहेको मटियारी चोकमा हाइमास लाइट सञ्चालनमा आएपछि रातिको समयमा आवागमन सहज हुनुका साथै सार्वजनिक गतिविधि सञ्चालनमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ।

    नगरका विभिन्न क्षेत्रलाई उज्यालो, सुरक्षित र व्यवस्थित बनाउने उद्देश्यले ‘उज्यालो धनगढी’ कार्यक्रम सञ्चालन भइरहेको उपमहानगरपालिकाले जनाएको छ।