पोखराले टस जितेर बलिङ रोज्यो, चितवन ब्याटिङ गर्दै - Chaitanya News
  • 2026-11-06
  • 17:52:02
  • शुक्रबार,कार्तिक २१, २०८३
  • पोखराले टस जितेर बलिङ रोज्यो, चितवन ब्याटिङ गर्दै

    पोखराले टस जितेर बलिङ रोज्यो, चितवन ब्याटिङ गर्दै

    काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शुक्रबारको दोस्रो खेलमा पोखरा एभेन्जर्सले चितवन राइनोजविरुद्ध टस जित्दै पहिले बलिङ गर्ने निर्णय गरेको छ। पोखराले चितवनलाई ब्याटिङको निम्तो दिएको छ।

    यस खेलका लागि पोखराले कप्तानीमा समेत परिवर्तन गरेको छ। कुशल भुर्तेलको स्थानमा चमिका करुणारत्नेले टोलीको नेतृत्व गर्ने भएका छन्।

    पोखराले पहिलो रोजाइमा तीन खेलाडी परिवर्तन गरेको छ। शकिब अल हसनको स्थानमा युवराज सम्रा टोलीमा परेका छन्। त्यस्तै सुदीप अर्याल र सागर ढकालले पनि पहिलो रोजाइमा स्थान बनाएका छन्। आकाश चन्द र विपिन आचार्य भने बेन्चमा छन्।

    यता चितवन राइनोजले पनि टोलीमा दुई परिवर्तन गरेको छ। मार्की खेलाडी कुशल मल्ल र डान मोस्लीले पहिलो रोजाइमा खेल्ने मौका पाएका छन्। देव खनाल र टम टेलर भने आजको खेलमा बेन्चमा रहनेछन्।