तिहार र छठमा इन्धन अभाव हुन नदिन आयल निगमको तयारी, बिदामा पनि खुल्ने डिपो - Chaitanya News
  • 2026-11-06
  • 16:47:45
  • शुक्रबार,कार्तिक २१, २०८३
  • तिहार र छठमा इन्धन अभाव हुन नदिन आयल निगमको तयारी, बिदामा पनि खुल्ने डिपो

    तिहार र छठमा इन्धन अभाव हुन नदिन आयल निगमको तयारी, बिदामा पनि खुल्ने डिपो

    काठमाडौँ– तिहार तथा छठ पर्वका बेला पेट्रोलियम पदार्थको आपूर्तिमा समस्या हुन नदिन नेपाल आयल निगमले विशेष व्यवस्था गरेको छ। सार्वजनिक बिदाका दिनमा समेत उपभोक्तालाई इन्धन उपलब्ध गराउने उद्देश्यले निगमले विभिन्न प्रदेशमा रहेका कार्यालय तथा डिपो सञ्चालन गर्ने तालिका सार्वजनिक गरेको हो।

    निगमले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै चाडपर्वको समयमा पेट्रोलियम पदार्थको माग र स्थानीय आवश्यकतालाई ध्यानमा राखेर तोकिएका मितिमा डिपो तथा कार्यालय खुला राख्ने जनाएको छ।

    तिहार तथा छठ पर्वका अवसरमा लामो सार्वजनिक बिदा हुने भए पनि इन्धन आपूर्ति प्रभावित हुन नदिन निगमले यस्तो व्यवस्था मिलाएको हो। यसबाट चाडपर्वका समयमा उपभोक्ताले पेट्रोलियम पदार्थको सहज उपलब्धता पाउने निगमको अपेक्षा छ।