काठमाडौं– विशेष अदालतले नेपाल सरकारले चीनको एक्जिम बैंकबाट लिएको ऋण तथा त्यसको भुक्तानी प्रक्रियाबारे विस्तृत विवरण माग गरेको छ।
अदालतका अध्यक्ष वासुदेव आचार्य तथा सदस्यहरू डिल्लीरत्न श्रेष्ठ र उमेश कोइरालाको इजलासले सार्वजनिक ऋण व्यवस्थापन कार्यालयसँग ऋण लिएको रकम, भुक्तानी प्रक्रिया र किस्तागत विवरण पेस गर्न आदेश दिएको हो।
त्यसैगरी, चिनियाँ निर्माण कम्पनी सीएएमसीले भुक्तानीका लागि दाबी गरेका बिल तथा भरपाइ, हालसम्म भुक्तानी भएको रकम र भुक्तानी हुन बाँकी रकमको विवरण पनि अदालतले माग गरेको छ।
यसका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणबाट सम्बन्धित सम्पूर्ण कागजात झिकाउन विशेष अदालतले आदेश दिएको छ।