‘अरूसँग तुलना होइन, आफ्नै क्षमतासँग प्रतिस्पर्धा गर्नुस्’ : इन्द्र रोकाया - Chaitanya News
  • 2026-08-13
  • 15:39:09
  • बिहिबार,साउन २८, २०८३
  • ‘अरूसँग तुलना होइन, आफ्नै क्षमतासँग प्रतिस्पर्धा गर्नुस्’ : इन्द्र रोकाया

    ‘अरूसँग तुलना होइन, आफ्नै क्षमतासँग प्रतिस्पर्धा गर्नुस्’ : इन्द्र रोकाया

    सपना देख्न पैसा लाग्दैन, तर त्यसलाई पूरा गर्न समर्पण, अनुशासन र निरन्तर कर्म चाहिन्छ। डोटीको विकट गाउँबाट काठमाडौंसम्मको यात्रा इन्द्र रोकायाका लागि सहज थिएन। बाल्यकालमै लामो दूरी हिँडेर विद्यालय पुग्नुपर्ने अवस्थादेखि गम्भीर दुर्घटना, स्वास्थ्य समस्या, आर्थिक अभाव र पटक–पटकको असफलतासम्म उनले अनेक चुनौती सामना गरे। तर उनले पढाइ र लक्ष्यप्रतिको आफ्नो यात्रा रोकेनन्। अन्ततः ११औँ प्रयासमा CA बनेका रोकायाले आज वित्तीय तथा कर्पोरेट क्षेत्रमा आफ्नो पहिचान बनाएका छन्। उनी भन्छन्—असफलताले रोक्ने होइन, आफ्नो कमजोरी चिन्ने अवसर दिन्छ। प्रस्तुत छ उनको संघर्षदेखि सफलतासम्मको वास्तविक यात्रा, CA अध्ययनका चुनौती, मानसिक तयारी, अनुशासन र युवाले नेपालमै अवसर खोज्न सक्ने सम्भावनाबारे चैतन्य खबरसँग गरेको विशेष संवाद

    १– एक दशकदेखि चार्टर्ड अकाउन्टेन्टका रूपमा फाइनान्सियल एड्भाइजरी, अडिटिङ, कर्पोरेट ल तथा विभिन्न कम्पनी–संस्थाको रणनीतिक विकासमा काम गर्दै आउनुभएको छ। यो यात्रालाई तपाईंले कसरी मूल्याङ्कन गर्नुभएको छ ?

    हजुले भनेको जस्तै, म त साधारण एउटा दुर्गम ठाउँबाट आएको मान्छे। जहाँ मैले अब भोलि अर्गनाइजेसनमा अथवा कर्पोरेट सेक्टरमा यस्तो–यस्तो हुन्छ है भन्ने कुरा पनि नथाहा पाएको, नदेखेको—त्यो हाम्रो लागि त एउटा भनौँ न, अध्यारो कोठाभित्र भएको मान्छे बाहिर उज्यालो भनेको कस्तो हुन्छ भनेर थाहा नभएको मान्छे हुन्। म त्यो ठाउँबाट आएर संघर्ष गर्दै, दुःख गर्दै, आज मैले ठुल–ठूला कम्पनीहरूसँग, ठुल९ठूला संस्था र अर्गनाइजेसनहरूसँग जोडिन पाएको छु। उहाँहरूले बिजनेस कसरी गरिरहनुभएको छ, उहाँहरूले कसरी आफ्नो एउटा च्यानललाई मेन्टेन गरिरहेका छन्, कसरी आफ्नो ह्युमन रिसोर्स म्यानेजमेन्ट गरिरहेका छन्, कसरी फाइनान्सियल गेन गरिरहेका छन् भन्ने कुराहरूको ज्ञानसँगसँगै उहाँहरूको भ्यालु एडिसन गर्नमा पनि केही कन्ट्रीब्युसन गर्न पाइरहेको छु। धेरै खुसी छु, यो म शब्दमा व्याख्या नै गर्न सक्दिनँ।

    २–तपाईंको बाल्यकाल, पारिवारिक पृष्ठभूमि र गाउँको परिवेशदेखि शैक्षिक यात्रासम्म आइपुग्दा कस्ता संघर्ष र चुनौतीहरू भोग्नुभयो रु यही यात्रामा आफूलाई कसरी अनुशासित, दृढ र निरन्तर अघि बढाउँदै आजको सफलता हासिल गर्नुभयो ?

    यो प्रश्न एकदमै इम्पोर्टेन्ट छ। यो प्रश्नले मलाई आजको यो मेरो ठ्याक्कै अब १०–११ वर्षको संघर्षपछि सीए डिग्री पाएको, जुन अहिले म बाहिर देखिरहेको छु, त्यो भन्दा पछाडि लैजान्छ। जस्तै एउटा डोटी, म साविकको बारबाटा गाविस, पहिला वडा नम्बर २ पर्थ्यो, अहिले शिखर नगरपालिका वडा नम्बर ११ मा पर्छ। बारबाटा गाउँमै मेरो जन्म भयो २०५३ सालमा। त्यसपछि मेरो प्राथमिक विद्यालय चाहिँ त्यही बारबाटा गाउँमै श्रीकृष्णनगर प्राथमिक विद्यालय भन्ने थियो। अब दुर्भाग्यवश यो विद्यालय अहिले यो विभिन्न बसाइँसराइँदेखि लिएर।।। अहिले यो विद्यालय बन्द नै हुने अवस्थामा छ। अहिले धेरै विद्यार्थी छैनन्। त्यो अब एउटा दुर्भाग्य पनि हो हाम्रो लागि।

    अनि त्यो बाल्यकालमा त अब हाम्रो जेनेरेसनभन्दा म भन्दा अगाडीको जेनेरेसन बढी दोहोरो संघर्ष गरेको छ। इभन हामीले पनि दुःख संघर्ष नबेरेको हैन, हाम्रो जेनेरेसनसम्म पनि नेपाल, काठमाडौँका लागि हामी धेरै टाढा नै थियौँ। इभन आजको दिनसम्म पनि हामी टाढा नै छौँ। मेरो आमाबुवाले अहिलेसम्म काठमाडौँ देख्नुभएको छैन। भोलि मैले देखे पनि, भनेपछि अब पाँच क्लाससम्म अथवा त्यही पढेपछि मैले अब अनि एसएलसी चाहिँ मैले राधाकृष्ण माध्यमिक विद्यालय, मेरो ठाउँ लाटमाण्डौँमा पर्थ्यो त्यतिबेला, अहिले शिखर आठमा पर्छ। एक घण्टा ४५ मिनेटको बाटो हिँडेर जानुपर्थ्यो। अब बिहान उठ्छौँ, हातमा रोटी समातेर अनि नुन राखेर हिँडै पनि गइयो कति दिनहरू, अनि अब त्यो एसएलसीसम्मको परिवेशमा पढाइ भनेको त्यही हो, त्यही सेती नदीको किनारमा माछा मार्ने, बनजंगलहरू अनि घाँसदाउरा गर्दै त्यहाँसम्मको यात्रा भयो।

    त्यसपछि एसएलसी पास भइसकेपछि अनि मैले आफ्नो घरपरिवारको आफ्नो केही मान्छेको सहयोगले धनगढी एस पी ए कलेजमा प्लस टु पढ्ने अवसर पाएँ। त्यसपछि त्यहाँबाट पनि मैले म्यानेजमेन्टबाट अनि प्लस टु पास गरिसकेपछि अनि त्यहाँ मलाई एकदम सम्मानित व्यक्तित्व, योगेन्द्र शाही सरले मलले प्लस टु पास गरिसकेपछि बोलाउनुभयो, आफ्नो क्याबिनमा रिजल्ट आएको भोलिपल्ट। अनि अब यस्तो छ बाबु, हेर म पनि डोटीको मान्छे, तिमी माथि म एउटा ठूलो सम्भावना देखिरहेको छु। प्रायः डोटीबाट अनि यहाँ पढ्न आएपछि विद्यार्थीहरू ११ मा राम्रो विद्यार्थी पनि १२ मा उसको मार्क्स खस्कने अथवा अलि नरंग्रामसङ्गततिर जाने हुन्छ। तर तिमी एउटा नेपाली मिडियममा लेख्ने विद्यार्थी, गभर्मेन्टबाट पढेको, इभन तिमीले ११९१२ मा पनि नेपालीमै लेख्यो र तिमीले ११ को भन्दा झन् १२ मा तिमीले ५–७ प्रतिशत मार्क्स बढायौ तिमीले अझ योभन्दा राम्रो गर्न सक्छौ भनेर अनि सीएको बारेमा उहाँलाई थाहा रैछ। उहाँ गणेश प्रसाद जोशी भन्ने सरसँग कनेक्सनमा हुनुहुदो रहेछ, । अनि मेरो अगाडि उहाँ सरलाई फोन गर्नुभयो। मलाई त्यहाँ सीए पढाउनु पर्यो है, गणेशजी भनेपछि अनि त्यहाँबाट म आएँ, अलिकति यताउति म्यानेज गरेर पैसा अनि यहाँ आएको भोलिपल्टबाटै म सिधै काठमाडौंको शङखमूलमा रहेको चैतन्य एकेडेमी मा आएँ, र गणेश सरले एड्मिसन गर्नुभयो। त्यसपछिको यात्रा तय गर्दै अनि यहाँसम्म पुगिएको हो।

    ३– स्वास्थ्यको हिसाबले तपाईंलाई गम्भीर दुर्घटना भएको भन्ने सुनिएको थियो, ठूलो खर्च पनि भयो र अनेक प्रतिकुलताका बाबजुद पनि यस्तो विषयमा सबैले हिम्मत गर्न नसक्ने अवस्थामा तपाईंले यो साहस कसरी जुटाउनुभयो ?

    मेरो परिवारको आर्थिक अवस्था र समस्या अलि फरक छ। मेरो पठनपाठनमा परिवार, अंकल, आन्टी र अरू केही विशेष मान्छेको सहयोग रह्यो, तर त्योभन्दा ठूलो संघर्ष मेरो स्वास्थ्यसँगको थियो। विसं २०७९ साल पुष १२ गते ९ कक्षामा पढ्दा गोलमाडोल (झोलोङगे )पुल नजिक साइकल दुर्घटना हुँदा जीवन मरणको अवस्थामा पुगेँ। भारतमा अपरेसन गरेर ३–४ महिना अस्पतालमै बिताएँ।

    त्यसपछि परीक्षा दिन मात्र नेपाल आएको थिएँ, तर ६९ देखि ७९ सालसम्मको यात्रा जीवनको सबैभन्दा कठिन यात्रा रह्यो। अपरेसन पछि मलाई इन्टरक्युरेट फिस्टुला भयो र भित्र धेरै समस्या बाँकी नै थियो। तर मैले यो कुरा कसैलाई भिनँ, जिन्दगीमा म र परमात्मालाई मात्र थाहा थियो कि म कस्तो संघर्ष गर्दै छु। हप्तामा दुई दिन थोरै खाना खान्थें (थोरै रोटी, थोरै चामल), अरू दिन चना, चाउचाउ वा विस्कुट खाएर बसेँ। यदि धेरै खाना खायो भने पेट फेरि सुन्निने र भोलिपल्ट गाह्रो हुने हुन्थ्यो।

    मैले सीए फाइनलको ग्रुप टु २०२१ को डिसेम्बरमा पास गरिसकेपछि ग्रुप वान अलि गाह्रो हुन्छ र मलाई पढ्ने आँट आएन। यो १०–१२ वर्षदेखि गुमनाम भएर जीवन बिताइरहेको छु। मेरो परिवारको आर्थिक अवस्थाले गर्दा र मेरो अपरेसनले गर्दा मेरो परिवारलाई, समाजलाई अलिकति दुख भयो। मेरो कारणले कसैलाई दुख दिन नचाहने हुनाले म भारतमा ३ महिना काम गर्न पनि गएँ।

    ८ कक्षा पढ्ने बेलादेखि नै मलाई खुट्टादेखि यहाँसम्म एलर्जी थियो, जुन चिलाउने र पाक्ने हुन्थ्यो। पछि उच्चाकोटको एक जनासँग धेरैचोटी भारत गएँ। डाक्टरको औषधि खाँदा केही महिना निको हुने र फेरि सुरु भइहाल्ने हुन्थ्यो। तर उच्चाकोटमै ८–१० वर्षपछि जडीबुटीबाट त्यो ठिक भयो।

    मैले पहिला भगवद्गीता वा श्रीकृष्णको जीवनसँग त्यति चेतना गरेको थिएन, तर अहिले म आफैलाई महसुस गर्छु कि कर्म नै सबैभन्दा ठूलो कुरा हो। भगवद्गीताको श्लोक कर्मण्येवाधिकारस्ते मा फलेषु कदाचन।।।अर्थात् फलको आश नगरिकन आफ्नो कर्ममा विश्वास गर्नु नै जिन्दगीको मूल मन्त्र रहेछ। मलाई दुख र संघर्ष हुँदा, खाना नखाएर पढ्न नसक्दा पनि मैले कहिल्यै पढ्न छोडिनँ। मलाई भोलि सीए बन्छु भन्ने कुनै सपना वा सोच नै थिएन, मेरो काम भनेको विद्यार्थी भएर सरले पढाएको कुरा पढ्ने मात्र थियो। त्यसैले गर्दा नै आज म यहाँ आइपुगेको छु।

    ४– सीए को कठिन अध्ययन र जीवनका संघर्षहरूमा सफलता र असफलतालाई कसरी छुट्याउने रु यसमा मन र बुद्धिको भूमिका कस्तो हुन्छ ?

    तपाईंले उठाउनुभएको यो प्रश्न निकै महत्त्वपूर्ण छ। यो केवल सीए अध्ययनसँग मात्र सम्बन्धित छैन, लोकसेवा आयोग लगायतका अन्य धेरै क्षेत्रका संघर्ष र मानिसको दैनिक जीवनका समस्याहरूसँग पनि जोडिएको छ। मेरो आफ्नै अनुभवबाट भन्नुपर्दा, जीवनमा खराब समय र असफलता आउँदात्तिनु हुँदैन। मानिसले आफ्नो सफलता र असफलतालाई मापन गर्ने सबैभन्दा ठूलो गल्ती अरूसँग तुलना गर्नुमा गर्छ।

    सफलता र असफलताको भेद छुट्याउने मुख्य आधार भनेको आफूलाई अरूसँग तुलना नगर्नु हो। हामीले आफ्नो पढाइ, आफ्नो क्षमता र आफ्नो स्तरलाई आफैंले बुझ्नुपर्छ। अरू कोही साथी कति पढेको छ वा उसको क्षमता कस्तो छ भन्ने कुरासँग आफ्नो तुलना गर्नु हुँदैन। यदि हामीले आफूलाई अरूसँग तुलना गर्न थाल्यौं भने आफ्नो क्षमता तलमाथि हुन सक्छ र हामी विचलित हुन्छौं। त्यसैले, आफूलाई सधैं आइसोलेसनमा राखेर, आफ्नै क्षमतालाई चिन्नुपर्छ र कन्सेप्टुअल्ली ९अवधारणागत रूपमा० पढ्नुपर्छ। रटेर वा घोकेर मात्र पास भइँदैन।

    सफलता वा असफलता आफैंले गरेका कुनै न कुनै गल्तीको कारणले आएको हुन्छ भन्ने कुरा महसुस गर्नुपर्छ। मेरो कुन तयारी पुगेन वा कुन गल्तीले गर्दा म सफल भइनँ भनेर समीक्षा गर्दै त्यसबाट पाठ सिकेर भोलिको लागि तयार हुनुपर्छ। यसका लागि मुख्य कुरा समर्पित र अनुशासन हो।

    हामीले आफ्ना ५ वटा ज्ञानेंद्रियहरू—छाला, आँखा, कान, मुख र नाकलाई नियन्त्रण गर्न सक्नुपर्छ। मानिसलाई अशान्त, चिन्तित र भयभीत बनाउने यी पाँच वटा कुराहरू नै हुन्। जस्तै, म अध्ययन गर्ने बेलामा घरमा महिनामा एकचोटि मात्र फोन गर्दिएँ। मेरा घरका मानिसहरू मेरो फोन कहिले आउला भनेर महिनाौं दिनसम्म पनि पर्खेर बसिरा हुन्थे। किनकि मैले आफ्नो लक्ष्यप्रति अत्यधिक समर्पण देखाउनुपर्ने हुन्छ। यदि मैले घरमा धेरै फोन गरें भने घरका आफ्नै दुखहरू सुनेर मेरो मन विचलित हुन्छ, कानले त्यसलाई डिस्टर्ब गर्छ र म आफ्नो मुख्य लक्ष्यबाट विमुख हुन सक्छु।

    त्यसैले, मन र दिमागबीचको द्वन्द्वमा मनको कुरा नसुनेर, दिमागले तर्कसम्मत वास्तविक र यथार्थपरक बाटो समात्नुपर्छ। मनले त जतिखेर पनि रमाइलो गर्ने, साथीको जन्मदिन मनाउने वा भावनात्मक कुराहरू मात्र खोज्छ। तर, दिमागलाई आफ्नो मनभन्दा बढी स्पेस दिएर दिमागलाई हाबी हुन दिनुपर्छ। यसरी मनको कुरा नसुनी दिमागको तर्कनिष्ठ, वस्तुनिष्ठ र यथार्थपरक बाटोमा लाग्दा नै सफलता प्राप्त हुन्छ।

    ५– जीवनमा उर्जा, प्रतिबद्धता र निरन्तरता कसरी कायम राख्ने ? यसका लागि मानिसमा कस्तो सोच हुनुपर्छ ?

    उर्जाको निरन्तरता र प्रतिबद्धता कायम राख्न आफ्नो विगतलाई सधैं सम्झिनु पर्छ। आफू कहाँबाट आएको हो, यहाँ आउनुको मुख्य उद्देश्य के हो, र आफ्नो खानपान, बसाइ तथा अध्ययनको लक्ष्य के हो भन्ने कुरामा सधैं उद्देश्य–प्रेरित हुनुपर्छ। भोलि आफ्नो यो सपना साकार भएपछि आफूसँग जोडिएका आमाबुवा, परिवार, समाज र देशप्रतिको उत्तरदायित्व पूरा गर्नुपर्छ भन्ने सोचेर आफूलाई एउटा निश्चित परिधि वा बाउन्ड्रीभित्र राख्नुपर्छ।

    मानिसले आफ्नो जीवनको प्लस–टु पछिको समयलाई ९जो ४–५ वर्षको हुन्छ० आफ्नो जिन्दगी बनाउने वा बिगार्ने महत्वपूर्ण समयको रूपमा लिनुपर्छ। यसबेला ५–६ घण्टा मात्र सुतेर कडा मेहनत गर्यो भने एउटा नयाँ राजमार्ग निर्माण हुन्छ। मैले सीए पढ्दा जीवनमा धेरै दुःख र संघर्ष सामना गर्नु परेको थियो। नेपाली ब्याकग्राउन्डबाट आएको र अंग्रेजी भाषामा कमजोर भए पनि, होस्टेलमा बसेर गणित, विज्ञान र अंग्रेजीका अतिरिक्त कक्षाहरू लिएर कडा परिश्रम गरेँ। आर्थिक अवस्था कमजोर हुँदा पनि र धेरै कठिनाहरू झेल्दा पनि आफ्नो लक्ष्यबाट कहिल्यै विचलित भइनँ। त्यसैले जीवनमा सफल बन्नका लागि निरन्तर मेहनत, दृढ संकल्प र उद्देश्यप्रति समर्पित हुनु अनिवार्य छ।

    ६– नेपालमा सीए विषय अध्ययन गर्दा पर्याप्त स्रोत, सामग्री र अवसरहरूको अभाव हुन्छ भन्ने कुरा कतिको सत्य हो ? सीएको दायरा कर्पोरेट क्षेत्रमा मात्रै सीमित नभई सरकारी लेखा प्रणाली र आर्थिक विकासमा पनि जोडिनुपर्ने होइन र ?

    सीएजस्तो ठूलो भूमिका निर्वाह गर्न सक्ने डिग्रीको अध्ययनका क्रममा विद्यार्थीहरूलाई आवश्यक पर्ने प्रोत्साहन र सहयोग अझै नपुगेको भन्ने कुरामा सत्यता छ। यद्यपि, आईक्यान ले आफ्नोतर्फबाट सक्दो प्रयास गरिरहेको छ, जस्तै टाढा–टाढाका र आर्थिक रूपमा कमजोर विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गर्ने र उनीहरूलाई प्रोत्साहन गर्ने कामहरू भइरहेका छन्। सीए भनेको नेपालको मात्र नभई अष्ट्रेलिया, भारत, पाकिस्तान लगायत विश्वभर एउटै किसिमको पाठ्यक्रम भएको ग्लोबल कोर्स हो। नेपालमा आईक्यानका आफ्नै केही सीमा वा स्रोतको कमी हुन सक्ला, तर यहाँ पढाउने इन्स्टिच्युटहरूले पर्याप्त अध्ययन सामग्री र मार्गदर्शन दिइरहेका छन्। यदि विद्यार्थीले अनुशासनमा बसेर मिहिनेत गर्ने हो भने सफलता प्राप्त गर्न सकिन्छ।

    विद्यार्थीलाई निरुत्साहित वा डिस्करेज गर्ने मानसिकता कुनै पनि शिक्षक वा संस्थाको हुँदैन र हुनु पनि हुँदैन। म आफ्नो असफलता, कमजोरी वा गल्तीको सम्पूर्ण जिम्मेवारी आफैं लिन्छم। कसैले मलाई यो गरिदिएन वा उनीहरूका कारण म असफल भएँ भनेर अरूलाई दोष लगाउने वा ब्लेम गर्ने बानी हाम्रो समाजमा छ, तर म यो सोचको पूर्णतया विरुद्ध छु। जस्तै, भारत वा अन्य देशको तुलनामा नेपालमा सीए अध्ययन गर्न अलि बढी चुनौती र दबाब हुन सक्छ, जसले गर्दा विद्यार्थी वा उनीहरूका आफन्तले केही कठिनाइ महसुस गर्नु स्वाभाविक हो। तर आफ्नो असफलताको दोष अरूलाई वा संस्थालाई दिनु भन्दा आफ्नो कमजोरी स्वीकारेर पूर्ण जिम्मेवारी लिन सक्नुपर्छ।

    हाम्रो पुस्ता वा हाम्रा बाजे९बराजाहरूको पालामा त स्रोत र साधनको अझै ठूलो अभाव थियो, उहाँहरूले ठूलो संघर्ष र ठूलो अभावका बीच जीवन बिताउन बाध्य हुनुभएको थियो। हाम्रा पुर्खाले धेरै ठूला कठिनाइहरूसँग संघर्ष गर्दै हामीलाई यहाँसम्म पुर्याउनुभएको हो। त्यसैले, अहिले हामीलाई प्रविधि, इन्टरनेट र विभिन्न माध्यमबाट पढ्ने सुविधाहरू सहज रूपमा उपलब्ध छन्। सीए पढ्दा १० वटा विषयको परीक्षा दिँदा ११औँ पटकमा पास हुँदा वा असफल हुँदा त्यसको पीडा र फरक मलाई राम्ररी थाहा छ। परीक्षामा पास हुनका लागि आवश्यक पर्ने कुराहरूको कमी थियो होला, तर जब म आफैं त्यो चरण पार गरेर सफल भएँ, तब मेरो पढाइ र कर्म पूरा भइसकेको महसुस भयो। कर्म गर्ने जिम्मेवारी हाम्रो हो भने यसको फल दिने वा नदिने जिम्मा समय र सृष्टिकर्ताको हातमा हुन्छ। त्यसैले आफ्नो असफलताको दोष परीक्षा प्रणाली, संस्था वा परिवारलाई दिनुको सट्टा आफ्नै मिहिनेत र कर्ममा विश्वास गरेर अघि बढ्नुपर्छ भन्ने मेरो मान्यता छ।

    ७– तपाईंका आगामी योजनाहरू के–छन् ?

    अब मेरो सपना र सोच अलि फरक छ। म धेरै उच्च महत्वकांक्षा भएको वा हाई एम्बिसन भएको मान्छे होइन, म अरू जस्तो हाइफाइ वा ठूला–ठूला सपना देख्दिनँ। म त भगवत गीतालाई फलो गर्ने भएपछि, मेरो भाग्यमा भएको कुरा कसैले खोस्न सक्दैन र नभएको कुरा जति सुकै मरिहत्ते गरेर मार्ग काट गरे पनि प्राप्त गर्न सकिँदैन भन्ने विश्वास राख्छु। अवश्य पनि, भाग्य आफैँले निर्माण गर्ने हो, तर भाग्यलाई त कर्मले निर्माण गर्ने भइहाल्यो। मैले १०० प्रतिशत कर्म गर्ने कुरा गरिसकेपछि त्यो कर्मसँगै जोडिने कुरा हो।

    मेरो निधारमा जुन कुरा लेखिएको छ र जुन मानव जुनी लिएर आएको छु, त्यो जुनीमा मैले के९के कुरा पाउनुपर्ने लेखिएको छ, त्यो कुरा त कसैले खोसेर लैजान सक्दैन। मेरो निधारमा नलेखिएको कुराहरू मैले जतिसुकै गरेर पनि गर्ने होइन। मेरो साधारण लाइफ जिउने सोच छ। अहिले तत्कालै म धेरै साथीहरूसँग, जसले भगवत गीताको श्री कृष्णको उपदेश छ,कसले के गर्दैछ, किन गर्दैछ, कहाँ गर्दैछ भन्ने कुराहरूसँग जति तपाईं इंगेज हुनुहुन्छ, त्यति तपाईंको मनमा पिडा हुन्छ। म त्यो खासै अरू साथीहरूले प्रगति गरून्, सबैको प्रगतिको लागि कामना गर्छु। तर म चाहिँ आफ्नै तरिकाले मेरो पनि सब प्रगति गरुँ भन्ने हो।

    बिस्तारै म यो सीए फिल्ममै, मेरो कर्पोरेट सेक्टरमा गएर जब गर्ने त मेरो इच्छा छैन, प्रक्टिस नै गर्ने हो। प्रक्टिस गर्ने क्रममा कन्सल्टेन्सीको रूपमा काम गर्ने मेरो सोच छ। अब सीए भएपछि सबैले सोच्छन्— त्यो भौतिक सुख–सुविधाका कुराहरू, गाडी, बङ्गलाका कुराहरू, त्यो कुरा मेरा लागि अहिलेका लागि छैन। त्यो अब पछि मेरो म कर्म गर्ने हो, त्यो कर्म गरे अनुसार पछि बिस्तारै भगवानले पुर्याउँदै जान्छन् भन्ने मेरो विश्वास छ।

    ८– अन्त्यमा देशका बिकट गाउँबाट आउने र त्यहाँ संघर्ष गर्ने युवाहरूका लागि देशमा भविष्य नै छैन भन्ने मानसिकता छ, यसलाई कसरी लिने ?

    युवाहरूको लागि मेरो देश के हो भन्दाखेरि, तपाईंले सपना देख्नुपऱ्यो। सपना देखेको पैसा लाग्दैन। त्यो सपना पूरा गर्नका लागि तपाईंले डेनिकेशन ९९समर्पण० र डिसिप्लिन ९अनुशासन० हुनुपर्छ। त्यो तपाईंले नैतिकता, चरित्र र आफ्नो एउटा अनुशासन डेभलप गर्नुपऱ्यो। साधारण तरिकाले एसएलसी वा प्लस टु पास गर्नुपरिसकेपछि, त्यसपछिको दुई९चार वर्ष एकदमै डिसिप्लिन भएर आफ्नो कर्मप्रति जिम्मेवार हुनुपऱ्यो।

    दुख, संघर्ष यहाँ गर्न नचाउने बाहिर गएर दुख गर्नेहरूका लागि दुख एउटै हुन्छ, तर नेपालमा हामी दुवैको उदाहरण दिउँ, दुबईमा उनीहरूको इकोनोमीलाई टुरिजम इकोनोमी बनाए, कृत्रिम कुराबाट पर्यटकहरू भित्राइरहेका छन्। नेपालमा हामीले कृत्रिम जोड्नुपर्ने पनि केही छैन, प्रकृतिको सौन्दर्य सबै कुरा दिएको छ। टिकायो भन्यो भने, तपाईं पहाडमा हुनुहुन्छ भने पहाडमै बस्नुस्, त्यहीँ अवसर खोज्नुस्। हिमालमा हुनुहुन्छ भने हिमालमै बस्नुस्। अरू मान्छेको देखासिकी गरेर जे छ त्यो झिटीझिम्टा बोकेर तराईमा आएर बस्नुपर्छ भन्ने छैन। तपाईंले पहाडमै बसेर आफ्नो साधारण गाउँमै बसेर पनि कुखुरापालन, कृषि वा अन्य कुराबाट सुरु गर्न सकिन्छ।

    शुरुमै त सुख हुँदैन, नेसनल मण्डेलाको जीवनी सुन्नुभएको होला, २७ वर्ष जेलमा बसेर पनि उहाँले आफ्नो उद्देश्य पूरा गर्नुभयो। लोकतन्त्र, प्रजातन्त्र र राज्यव्यवस्थाको परिवर्तनका लागि उहाँले आफ्नो दृष्टि छोड्नुभएन। एलन मस्क, दक्षिण अफ्रिकामै जन्मे, कति संघर्ष गरेर अहिले टिलियन इयर बन्नुभएको छ, अल्बर्ट आइन्स्टाइनको पनि त्यस्तै कहानी हो।

    हामीले बुझ्ने कुरा के हो भने, दुख बिना सुख छैन। यहाँ दुख गर्यो भने भोलि तपाईंलाई सन्तुष्टि बढी हुन्छ। विदेश गएर दुई लाख कमाउने ठाउँमा नेपालमा एक लाख कमायो भने त्योभन्दा बढी सन्तुष्टि हुन्छ, किनकि यहाँ आफ्न्त, परिवार र साथीहरूसँग साझ९बिहान चिया खाएर कमाउने हो, देशको सेवा गर्ने हो।