सहसचिवदेखि स्वास्थ्य सेवाको ११औँ तहसम्म लोक सेवाको विज्ञापन, हेर्नुहोस् कुन सेवामा कति पद ? - Chaitanya News
  • 2026-09-16
  • 09:52:04
  • बुधबार,भाद्र ३१, २०८३
  • सहसचिवदेखि स्वास्थ्य सेवाको ११औँ तहसम्म लोक सेवाको विज्ञापन, हेर्नुहोस् कुन सेवामा कति पद ?

    सहसचिवदेखि स्वास्थ्य सेवाको ११औँ तहसम्म लोक सेवाको विज्ञापन, हेर्नुहोस् कुन सेवामा कति पद ?

    काठमाडौँ– लोक सेवा आयोगले निजामती सेवाका राजपत्राङ्कित प्रथम श्रेणी अर्थात् सहसचिव वा सो सरह तथा स्वास्थ्य सेवाका एघारौँ तहका विभिन्न पदमा पदपूर्तिका लागि आवेदन खुलाएको छ।

    आयोगले आन्तरिक प्रतियोगिता र खुला प्रतियोगितात्मक परीक्षामार्फत रिक्त पदमा योग्य उम्मेदवार छनोट गर्न अनलाइन दरखास्त आह्वान गरेको हो। विभिन्न सेवा तथा समूहमा रिक्त रहेका पदका लागि आयोगले तोकेको योग्यता पुगेका उम्मेदवारले आवेदन दिन सक्नेछन्।

    आयोगका अनुसार इच्छुक उम्मेदवारले २०८३ असोज २० गतेसम्म नियमित दस्तुरमा आवेदन दिनुपर्नेछ। सो अवधिमा आवेदन दिन नसक्ने उम्मेदवारले दोब्बर दस्तुर तिरेर असोज २७ गतेसम्म दरखास्त पेस गर्न सक्नेछन्।

    दरखास्तका लागि दुई हजार पाँच सय रुपैयाँ दस्तुर तोकिएको छ। एकभन्दा बढी किसिम वा समूहमा आवेदन दिने उम्मेदवारका लागि प्रत्येक थप किसिम वा समूहबापत ६ सय रुपैयाँ थप दस्तुर लाग्ने आयोगले जनाएको छ।

    पद, सेवा, समूह तथा आवश्यक योग्यता सम्बन्धी विस्तृत विवरण आयोगले प्रकाशित गरेको विज्ञापनमा उल्लेख गरेको छ।