धनगढी- धनगढीस्थित चैतन्य पाठशालाको २५ औँ वार्षिकोत्सव (रजत जयन्ती) तथा अभिभावक दिवसको अवसरमा खेलकुद क्षेत्रमा उल्लेखनीय योगदान पु¥याउने व्यक्तित्वहरूलाई सम्मान गरिरहेको छ । सोही क्रममा राष्ट्रिय खेलकुद परिषद् (रा.खे.प) का सदस्य तथा क्रिकेट खेलको विकासमा निरन्तर सक्रिय रहँदै आएका जगत टमट्टालाई “चैतन्य खेलकुद साधना पुरस्कार–२०८२” प्रदान गरिएको छ ।
लामो समयदेखि क्रिकेट खेलको विकास, खेलाडी उत्पादन तथा खेलकुद संस्कृतिको प्रवर्द्धनमा महत्त्वपूर्ण योगदान पु¥याउँदै आएका छन् । विशेष गरी सुदूरपश्चिम क्षेत्रमा क्रिकेट खेललाई लोकप्रिय बनाउने, नयाँ प्रतिभाशाली खेलाडीहरूलाई प्रशिक्षण दिने तथा उनीहरूलाई राष्ट्रिय स्तरसम्म पु¥याउन प्रेरित गर्ने कार्यमा उनको सक्रियता उल्लेखनीय रहेको छ ।
टमट्टाले युवा खेलाडीहरूलाई अनुशासन, कडा मेहनत र खेलप्रतिको समर्पणको भावना विकास गराउन महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएको उल्लेख गरेका थिए । खेलकुदमार्फत युवाहरूलाई सकारात्मक मार्गतर्फ उन्मुख गराउने, स्वस्थ जीवनशैलीको विकास गराउने तथा समाजमा खेलकुद संस्कृतिलाई मजबुत बनाउने कार्यमा उनले पु¥याएको योगदान प्रशंसनीय रहेको चैतन्य पाठशालाका अध्यक्ष गणेश प्रसाद जोशीले बताए ।
आज चैतन्यको रजत जयन्तीको अवसरमा प्रेरक उपस्थिति महर्षि अन्तर्राष्ट्रिय फाउन्डेसनका निर्देशक डा. किङ्ज्ली, पतञ्जलि योग गुरु लवदेव मिश्र, चैतन्य कृष्ण महाराज र चैतन्य पाठशालाका पदाधिकारीहरूले संयुक्त रूपमा खेलकुद क्षेत्रमा दीर्घकालीन साधना, समर्पण र निरन्तर योगदानको उच्च मूल्याङ्कन गर्दै चैतन्य पाठशालाले उनलाई खादा, माला दोसल्ला र नगद रु. ५०,००० सहित “चैतन्य खेलकुद साधना पुरस्कार–२०८२” तथा अभिनन्दन–पत्र प्रदान गरेको हो ।
समान ग्रहण गर्दै चैतन्य पाठशालाले आफूलाई गरेको सम्मान आफ्नो मात्रै नभएर समग्र खेल जगतकोलागि नै प्रेरणा हुने र चैतन्यले गर्दै आएका गतिविधि आफूले नजिकबाट हेर्न पाउनु नै आफ्नो सौभाग्य रहेको (रा.खे.प) सदस्य टमट्टाले बताए ।
खेलकुदले युवाहरूलाई अनुशासन, सहकार्य, आत्मविश्वास र सकारात्मक सोचतर्फ उन्मुख गराउने उल्लेख गर्दै खेलकुद क्षेत्रका यस्ता समर्पित व्यक्तित्वहरूको योगदान समाजका लागि प्रेरणादायी हुने पाठशालाका प्राचार्य प्रेमनिधि ओझाले बताए ।
चैतन्य पाठशालाले आफ्नो स्थापना कालदेखि नै शिक्षा मात्र नभई खेलकुद, साहित्य, समाजसेवा तथा सांस्कृतिक क्षेत्रको विकासमा पनि विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ । विद्यालयले प्रतिभा, समर्पण र योगदानको कदर गर्दै हरेक वर्ष विभिन्न क्षेत्रमा उत्कृष्ट योगदान पु¥याउने व्यक्तित्वहरूलाई सम्मान गर्ने परम्परा कायम राखेको छ।