काठमाडौँः नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्राको विनिमय दरअनुसार आज अमेरिकी डलर, युरो, पाउण्ड स्टर्लिङ र स्वीस फ्र्यांकसहित अधिकांश विदेशी मुद्राको भाउ बढेको छ।
राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ र बिक्रीदर १५२ रुपैयाँ ६० पैसा कायम भएको छ। अघिल्लो दिन अमेरिकी डलरको खरिददर १५१ रुपैयाँ ६१ पैसा र बिक्रीदर १५२ रुपैयाँ २१ पैसा थियो।
त्यस्तै, आज युरो एकको खरिददर १७० रुपैयाँ ३२ पैसा र बिक्रीदर १७० रुपैयाँ ९९ पैसा कायम भएको छ।
पाउण्ड स्टर्लिङ एकको खरिददर २०२ रुपैयाँ ८५ पैसा र बिक्रीदर २०३ रुपैयाँ ६५ पैसा निर्धारण गरिएको छ। त्यसैगरी, स्वीस फ्र्यांक एकको खरिददर १८४ रुपैयाँ ३ पैसा र बिक्रीदर १८४ रुपैयाँ ७६ पैसा पुगेको छ।
अष्ट्रेलियन डलर एकको खरिददर १०६ रुपैयाँ ९८ पैसा र बिक्रीदर १०७ रुपैयाँ ४० पैसा कायम भएको छ।
यसैगरी, क्यानेडियन डलर एकको खरिददर १०८ रुपैयाँ ४५ पैसा र बिक्रीदर १०८ रुपैयाँ ८८ पैसा रहेको छ। सिङ्गापुर डलर एकको खरिददर ११८ रुपैयाँ ७६ पैसा र बिक्रीदर ११९ रुपैयाँ २३ पैसा निर्धारण गरिएको राष्ट्र बैंकले जनाएको छ।
राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर आवश्यकताअनुसार जुनसुकै समयमा संशोधन गर्न सकिने जनाएको छ। वाणिज्य बैंकहरूले निर्धारण गर्ने दर फरक हुन सक्ने भएकाले अद्यावधिक विनिमय दर राष्ट्र बैंकको वेबसाइटबाट हेर्न सकिन्छ।