नारायण अवस्थी, Author at Chaitanya News
  • 2026-11-17
  • 10:50:24
  • मंगलबार,मंसिर ०२, २०८३

About Author

खेलकुद क्षेत्रको समग्र विकास र खेलाडीको वृत्ति विकासमा प्रदेश सरकार प्रतिबद्ध छ: मुख्यमन्त्री भट्ट

डडेल्धुराः सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले प्रदेशको खेलकुद क्षेत्रको समग्र विकास, खेल पूर्वाधारको विस्तार तथा प्रतिभावान खेलाडीहरूको प्रोत्साहन र वृत्ति विकासका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन्। १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिताको छनोट खेलअन्तर्गत डडेल्धुरामा सञ्चालन भएको भलिबल प्रतियोगिताको समापन समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री भट्टले सुदूरपश्चिम खेलकुदको प्रचुर सम्भावना बोकेको क्षेत्र भएकाले यसलाई खेलकुदको हबका रूपमा विकास गर्न आवश्यक रहेको बताए। उनले खेलकुदलाई मनोरञ्जन र प्रतिस्पर्धामा मात्र सीमित नराखी पर्यटन प्रवर्द्धन, आर्थिक समृद्धि र प्रदेशको पहिचान स्थापित गर्ने महत्त्वपूर्ण माध्यमका रूपमा विकास गर्नुपर्नेमा जोड दिए। खेल पर्यटनको माध्यमबाट सुदूरपश्चिमलाई समृद्ध बनाउन योजनाबद्ध पहल र आवश्यक पूर्वाधार निर्माणमा ध्यान दिनुपर्ने उनको भनाइ थियो। मुख्यमन्त्री भट्टले विश्वका धेरै देशहरू खेलकुद र खेलाडीका माध्यमबाट अन्तर्राष्ट्रिय रूपमा परिचित भएको उदाहरण दिँदै सुदूरपश्चिमको पहिचान राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा स्थापित गर्न यहाँका खेलाडीहरूको महत्त्वपूर्ण भूमिका रहेको बताए। उनले डडेल्धुरासहित सुदूरपश्चिमका विभिन्न जिल्लामा खेलकुदको उल्लेखनीय सम्भावना रहेको उल्लेख गर्दै स्थानीय स्तरमा लुकेर रहेका प्रतिभाहरूको पहिचान, विकास र प्रोत्साहन गर्नुपर्ने बताए। खेलाडीहरूको क्षमता अभिवृद्धि, वृत्ति विकास, खेल पूर्वाधार निर्माण तथा खेलकुद क्षेत्रको संस्थागत विकासका लागि प्रदेश सरकारले आवश्यक सहयोग र सहकार्यमा कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता पनि उनले व्यक्त गरे। १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिताको छनोट खेलअन्तर्गत डडेल्धुरामा आयोजित भलिबल प्रतियोगिताको समापन समारोहमा मुख्यमन्त्री भट्ट प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए।

News by खेलकुद क्षेत्रको समग्र विकास र खेलाडीको वृत्ति विकासमा प्रदेश सरकार प्रतिबद्ध छ: मुख्यमन्त्री भट्ट :