माध्यमिक तहको अध्यापन अनुमतिपत्रका लागि आवेदन खुल्यो - Chaitanya News
  • 2026-11-17
  • 10:50:23
  • मंगलबार,मंसिर ०२, २०८३
  • माध्यमिक तहको अध्यापन अनुमतिपत्रका लागि आवेदन खुल्यो

    माध्यमिक तहको अध्यापन अनुमतिपत्रका लागि आवेदन खुल्यो

    काठमाडौँः शिक्षक सेवा आयोगले माध्यमिक तहको अध्यापन अनुमतिपत्र (शिक्षक लाइसेन्स) परीक्षाका लागि आवेदन खुलाएको छ।

    आयोगले मंगलबार सूचना प्रकाशित गर्दै न्यूनतम योग्यता पुगेका इच्छुक उम्मेदवारबाट मंसिर ७ गतेदेखि अनलाइन आवेदन आह्वान गरेको हो।

    आयोगका अनुसार उम्मेदवारले पुस ७ गते राति १२ बजेसम्म नियमित दस्तुरमा आवेदन दिन सक्नेछन्। उक्त अवधिमा आवेदन दिन नसक्ने उम्मेदवारले दोब्बर दस्तुर तिरेर पुस १४ गते राति १२ बजेसम्म दरखास्त पेस गर्न सक्नेछन्।

    आवेदन दिँदा उम्मेदवारले हालसालै खिचेको फोटो, दस्तखतको नमुना, न्यूनतम शैक्षिक योग्यताको लब्धाङ्कपत्र र तालिमको प्रमाणपत्रलगायत आवश्यक विवरण तथा कागजात अनलाइन फाराममार्फत अपलोड गर्नुपर्नेछ।

    परीक्षाका लागि आवश्यक शैक्षिक योग्यता, आवेदन प्रक्रिया, दस्तुर तथा परीक्षासम्बन्धी अन्य विस्तृत विवरण शिक्षक सेवा आयोगको आधिकारिक वेबसाइटमा प्रकाशित सूचनामा उल्लेख गरिएको छ।