काठमाडौँ– नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन्। त्रिवि क्रिकेट मैदानमा हुने खेलमा विराटनगर किंग्सले चितवन राइनोजसँग तथा कर्णाली याक्सले जनकपुर बोल्ट्ससँग प्रतिस्पर्धा गर्नेछन्।
आजको पहिलो खेलमा विराटनगर किंग्स र चितवन राइनोज दिउँसो साढे १२ बजे आमनेसामने हुनेछन्। दोस्रो खेलमा कर्णाली याक्स र जनकपुर बोल्ट्स साँझ ५ बजे भिड्नेछन्।
एनपीएलको दोस्रो दिन मैदानमा उत्रिन लागेका चारै टोली जित निकाल्ने लक्ष्यसहित प्रतिस्पर्धामा उत्रिनेछन्। प्रतियोगिताको उद्घाटन खेलमा भने लुम्बिनी लायन्सले सुदूरपश्चिम रोयल्सलाई सात विकेटले पराजित गर्दै विजयी सुरुआत गरेको थियो।
कात्तिक ९ गतेदेखि सुरु भएको एनपीएल मंसिर ५ गतेसम्म सञ्चालन हुनेछ।