काठमाडौँ– आज (मंगलबार) लोक सेवा आयोगले एक सूचना जारी गर्दै फार्मेसी अधिकृत पदको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ।
आयोग, केन्द्रीय कार्यालयको विज्ञापन नं.१७३५१–०८२–८३ (महिला),स्वास्थ्य सेवा, फार्मेसी समूह, सातौँ तह, फार्मेसी अधिकृत पदको लिखित परीक्षाको नतिजा सार्वजनिक गरिएको छ।
यसैगरी, लोक सेवा आयोग, केन्द्रीय कार्यालयको विज्ञापन नं. १७३४६/०८२-८३ (आ.प्र.),स्वास्थ्य सेवा, फार्मेसी समूह, सातौँ तह, फार्मेसी अधिकृत पदको लिखित परीक्षाको नतिजा पनि सार्वजनिक गरिएको छ ।
यसैगरी, लोक सेवा आयोग, केन्द्रीय कार्यालयको विज्ञापन नं. १७३४५/०८२-८३ (खुला),स्वास्थ्य सेवा, रेडियोग्राफी समूह, सातौँ तह, रेडियोग्राफी टेक्नोलोजिष्ट पदको लिखित परीक्षाको नतिजा पनि सार्वजनिक गरिएको आयोगले जनाएको छ ।


