चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 33 of 1159
  • 2026-11-25
  • 14:05:05
  • बुधबार,मंसिर १०, २०८३

About Author

कर्णालीलाई पहिलो हार चखाउँदै काठमाडौंले खोल्यो जितको खाता

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सोमबार भएको पहिलो खेलमा काठमाडौं गोर्खाजले कर्णाली याक्समाथि रोमाञ्चक जित निकालेको छ। १ सय ८१ रनको लक्ष्य पछ्याएको काठमाडौंले १९.४ ओभरमा ६ विकेट गुमाउँदै चार विकेटको जित दर्ता गरेको हो। अन्तिम ओभरसम्म रोमाञ्चक बनेको खेलमा लक्ष्य पूरा गर्दै काठमाडौंले जारी सिजनमा पहिलो जित हासिल गरेको छ। यससँगै अपराजित यात्रा कायम राख्ने लक्ष्यमा रहेको कर्णालीले भने प्रतियोगितामा पहिलो हार व्यहोरेको छ। जितसँगै काठमाडौंले प्रतियोगितामा आफ्नो खाता खोलेको छ भने कर्णालीको विजयी यात्रामा पूर्णविराम लागेको छ।

News by कर्णालीलाई पहिलो हार चखाउँदै काठमाडौंले खोल्यो जितको खाता :