कर्णालीलाई पहिलो हार चखाउँदै काठमाडौंले खोल्यो जितको खाता - Chaitanya News
  • 2026-11-02
  • 17:30:04
  • सोमबार,कार्तिक १७, २०८३
  • कर्णालीलाई पहिलो हार चखाउँदै काठमाडौंले खोल्यो जितको खाता

    कर्णालीलाई पहिलो हार चखाउँदै काठमाडौंले खोल्यो जितको खाता

    काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सोमबार भएको पहिलो खेलमा काठमाडौं गोर्खाजले कर्णाली याक्समाथि रोमाञ्चक जित निकालेको छ। १ सय ८१ रनको लक्ष्य पछ्याएको काठमाडौंले १९.४ ओभरमा ६ विकेट गुमाउँदै चार विकेटको जित दर्ता गरेको हो।

    अन्तिम ओभरसम्म रोमाञ्चक बनेको खेलमा लक्ष्य पूरा गर्दै काठमाडौंले जारी सिजनमा पहिलो जित हासिल गरेको छ। यससँगै अपराजित यात्रा कायम राख्ने लक्ष्यमा रहेको कर्णालीले भने प्रतियोगितामा पहिलो हार व्यहोरेको छ।

    जितसँगै काठमाडौंले प्रतियोगितामा आफ्नो खाता खोलेको छ भने कर्णालीको विजयी यात्रामा पूर्णविराम लागेको छ।