राष्ट्रिय खेलकुदमा छनोट भएका चैतन्यका तीन खेलाडी सम्मानित - Chaitanya News
  • 2026-11-25
  • 13:51:30
  • बुधबार,मंसिर १०, २०८३
  • राष्ट्रिय खेलकुदमा छनोट भएका चैतन्यका तीन खेलाडी सम्मानित

    राष्ट्रिय खेलकुदमा छनोट भएका चैतन्यका तीन खेलाडी सम्मानित

    धनगढीः सुर्खेतमा आयोजना हुने १०औँ राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी हुन छनोट भएका चैतन्य पाठशालाका तीन जना खेलाडी सम्मानित भएका छन्। मङ्गलवार चैतन्य पाठशालाले एक कार्यक्रम आयोजना गरी तीनै जना खेलाडीलाई सम्मान गरेको हो।

    १०औँ राष्ट्रिय खेलकुदका लागि सुदूरपश्चिम प्रदेशको क्रिकेट टोलीमा चैतन्य स्पोर्ट्स एकेडेमीका व्यवस्थापक वसन्तसिंह कार्की र चैतन्य पाठशालाका ब्रान्ड एम्बेस्डर किरणकुमार ठगुन्ना छनोट भएका छन्। त्यसैगरी खोखो खेलतर्फ चैतन्य पाठशालामा कक्षा ११ मा अध्ययनरत छात्र रोहन अधिकारी छनोट भएका हुन्।

    चैतन्य पाठशालामा आयोजित सम्मान कार्यक्रममा सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्का सदस्यसचिव लोकबहादुर खड्का, विद्यालयका अध्यक्ष गणेशप्रसाद जोशीले तीनै जना खेलाडीलाई सम्मान गर्दै प्रतियोगितामा सफलताको शुभकामना व्यक्त गरे।

    खेलाडीहरूको छनोटले विद्यालय र सुदूरपश्चिम प्रदेशको खेल क्षेत्रको गौरव बढाएको उल्लेख गर्दै उनीहरूले राष्ट्रिय प्रतियोगितामा उत्कृष्ट प्रदर्शनका लागि शुभकामना दिएका थिए।