चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 5 of 1104
  • 2026-10-06
  • 17:39:34
  • मंगलबार,आश्विन २०, २०८३

About Author

आठ हजार ६० जनाले बनाए राष्ट्रिय परिचयपत्र

जुम्ला– जिल्लामा एक वर्षको अवधिमा आठ हजार ६० जनाले राष्ट्रिय परिचयपत्र बनाएका छन्। जिल्ला प्रशासन कार्यालय जुम्लाका राष्ट्रिय परिचयपत्र शाखा प्रमुख कृष्णमाया रोकायाका अनुसार गत आर्थिक वर्ष २०८२–८३ मा राष्ट्रिय परिचयपत्र बनाउनेको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको हो। सरकारले सामाजिक सुरक्षा भत्तालगायतका सेवा लिन राष्ट्रिय परिचयपत्र अनिवार्य गरेपछि चालु आवको दुई महिनामा एक हजार ४६१ जनाले आवेदन दिएका छन्। यसैगरी, गत वर्ष ९७२ जनाले राहदानी लिएका थिए। यस्तै, चालु आवको दुई महिनामा १८६ जनाले राहदानी बनाएका छन्। हुलाकमार्फत २२० सेवाग्राहीको राहदानी घरमै पुर्‍याइएको जिल्ला प्रशासन कार्यालयका राहदानी शाखाका प्रमुख नरबहादुर बुढाले जानकारी दिए। प्रशासन कार्यालय र हुलाक कार्यालयबीच भएको सम्झौताअनुसार गत वैशाखदेखि हुलाकमार्फत घरमै राहदानी पुर्‍याउने सेवा सञ्चालन गरिएको छ। सरकारले सार्वजनिक सेवा प्रवाहलाई घरदैलोमै पुर्‍याउने उद्देश्यले सरकारी कुरियर सेवा विस्तार गरिरहेको छ। गत चैत १३ गते स्वीकृत सरकारको शासकीय सुधारसम्बन्धी एक सय दिने कार्यसूचीअन्तर्गत हुलाक सेवालाई आधुनिकीकरण गर्दै सरकारी कुरियर सेवाका रूपमा विकास गर्ने लक्ष्य राखिएको छ।

News by आठ हजार ६० जनाले बनाए राष्ट्रिय परिचयपत्र :