काठमाडौंः प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को भारत भ्रमण मन्त्रिपरिषद्बाट स्वीकृत भएको छ ।
शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री शाहको भारतको राजकीय भ्रमण स्वीकृत गर्ने निर्णय गरेको सञ्चारमन्त्री विक्रम तिमिल्सिनाले जानकारी दिएका हुन् ।
‘प्रधानमन्त्री बालेन शाहको नेतृत्वमा हुने भारतको राजकीय भ्रमण स्वीकृत गर्ने,’ मन्त्रिपरिषद्को निर्णयमा भनिएको छ ।
प्रधानमन्त्री शाह आगामी मंसिर ६ र ७ गते दुई दिने राजकीय भ्रमणका लागि भारत जाने कार्यक्रम रहेको छ ।