काठमाडौँ– प्रधानमन्त्री वालेन्द्र शाहको प्रस्तावित भारत भ्रमणलाई केन्द्रमा राख्दै आज मन्त्रिपरिषद्को बैठक बस्ने भएको छ। बैठकबाट प्रधानमन्त्रीको भारत भ्रमणसम्बन्धी औपचारिक निर्णय हुने बताइएको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज शुक्रबार बिहान ११ बजे बैठक बस्न लागेको हो।
बैठकमा प्रधानमन्त्री शाहको भारत भ्रमणका विषयमा छलफल गरी आवश्यक निर्णय लिने तयारी रहेको बताइएको छ। भ्रमणको औपचारिकता र त्यससँग सम्बन्धित विषयमा मन्त्रिपरिषद्ले निर्णय गर्ने अपेक्षा गरिएको छ।
प्रधानमन्त्रीको भारत भ्रमणबारे औपचारिक निर्णय हुने भएकाले आजको मन्त्रिपरिषद् बैठकलाई चासोका साथ हेरिएको छ।