प्रधानमन्त्रीका दुई राहत कोषमा १८ अर्ब ४७ करोड रुपैयाँभन्दा बढी मौज्दात - Chaitanya News
  • 2026-11-18
  • 15:17:49
  • बुधबार,मंसिर ०३, २०८३
  • प्रधानमन्त्रीका दुई राहत कोषमा १८ अर्ब ४७ करोड रुपैयाँभन्दा बढी मौज्दात

    प्रधानमन्त्रीका दुई राहत कोषमा १८ अर्ब ४७ करोड रुपैयाँभन्दा बढी मौज्दात

    काठमाडौँ– प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयअन्तर्गत सञ्चालित राहत तथा उद्धार कोषमा मौज्दात रकम १८ अर्ब ४७ करोड रुपैयाँ नाघेको छ । रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको सहयोगका लागि आर्थिक सहायता जुट्ने क्रम जारी रहँदा कोषमा रहेको रकम पनि बढ्दै गएको हो ।

    प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार आज बिहान ९ बजेसम्म प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषका विभिन्न खातामा गरी कुल १८ अर्ब ४७ करोड आठ लाख ७२ हजार ३९५ रुपैयाँ मौज्दात रहेको छ ।

    कार्यालयले सार्वजनिक गरेको विवरणअनुसार प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको विभिन्न नौ वटा वाणिज्य बैंकमा रहेको खातामा १३ अर्ब ७३ करोड छ लाख ७७ हजार ४३० रुपैयाँ जम्मा भएको छ ।

    त्यस्तै, हिमालयन बैंक र लक्ष्मी सनराइज बैंकमा रहेका अमेरिकी डलर खातामा तीन करोड १७ लाख ५७ हजार ९७२ अमेरिकी डलर मौज्दात रहेको कार्यालयले जनाएको छ ।

    विपद् प्रभावितको राहत तथा उद्धारका लागि सरकारी कोषमा आर्थिक सहयोग जम्मा हुने क्रम जारी रहेको छ ।