चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 31 of 1150
  • 2026-11-20
  • 01:46:32
  • बिहिबार,मंसिर ०४, २०८३

About Author

एनपीएलमा आज जनकपुर–काठमाडौँ र कर्णाली–विराटनगर भिड्दै

काठमाडौँ — नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन् । त्रिवि क्रिकेट मैदानमा हुने खेलमा जनकपुर बोल्ट्सले काठमाडौँ गोर्खाजको सामना गर्दा कर्णाली याक्स र विराटनगर किंग्सबीच पनि प्रतिस्पर्धा हुनेछ । आजको पहिलो खेलमा जनकपुर र काठमाडौँ आमनेसामने हुनेछन् । खेल दिउँसो साढे १२ बजे सुरु हुनेछ । जारी प्रतियोगितामा काठमाडौँले आज पहिलो खेल खेल्न लागेको हो भने जनकपुर पहिलो खेलमा कर्णाली याक्ससँग पराजित भएको थियो । त्यस्तै, आजै साँझ ५ बजे कर्णाली याक्स र विराटनगर किंग्सबीच दोस्रो खेल हुनेछ । कर्णालीले जनकपुरलाई हराउँदै प्रतियोगितामा जित निकालिसकेको छ भने विराटनगर आफ्नो पहिलो खेलमा चितवन राइनोजसँग पराजित भएको थियो । आजका दुवै खेल टोलीका लागि प्रतियोगितामा आफ्नो स्थिति बलियो बनाउने अवसरका रूपमा रहनेछन् । विशेषगरी पहिलो खेल गुमाएका जनकपुर र विराटनगर जित निकाल्ने लक्ष्यसहित मैदानमा उत्रनेछन् ।

News by एनपीएलमा आज जनकपुर–काठमाडौँ र कर्णाली–विराटनगर भिड्दै :