काठमाडौंः नेपाल प्रिमियर लिग (एनपीएल) सिजन ३ अन्तर्गत फाइनल प्रवेशका लागि सुदूरपश्चिम रोयल्ससँग भिडिरहेको चितवन राइनोजले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ।
आजको खेलमा सुदूरपश्चिमले टोलीमा दुई परिवर्तन गरेको छ। अविनाश बोहराको स्थानमा दीपक बोहरा र थनुका दबारेको स्थानमा फेबियन एलेनले मौका पाएका छन्। चितवनले भने अघिल्लो खेलकै टोलीलाई निरन्तरता दिएको छ।
आजको खेल जित्ने टोली प्रतियोगिताको फाइनलमा प्रवेश गर्नेछ। सुदूरपश्चिम पहिलो क्वालिफायरमा लुम्बिनी लायन्ससँग पराजित भएको थियो। चितवनले भने हिजो भएको खेलमा काठमाडौं गोर्खाजलाई पराजित गर्दै दोस्रो क्वालिफायरमा स्थान बनाएको थियो।
आजको खेल त्रिवि क्रिकेट मैदानको दोस्रो नम्बरको पिचमा खेलाइँदै छ। यही पिचमा यसअघि पोखराले २०० रनभन्दा बढीको योगफल बनाएको थियो। त्यसैले आजको खेलमा पनि ब्याटिङका लागि पिच अनुकूल हुन सक्ने अपेक्षा गरिएको छ।