विराटनगरविरुद्ध चितवनको कप्तानीमा रवि बोपारा, कुशल मल्ल प्लेइङ–११ बाहिर - Chaitanya News
  • 2026-10-28
  • 14:40:34
  • बुधबार,कार्तिक १२, २०८३
  • विराटनगरविरुद्ध चितवनको कप्तानीमा रवि बोपारा, कुशल मल्ल प्लेइङ–११ बाहिर

    विराटनगरविरुद्ध चितवनको कप्तानीमा रवि बोपारा, कुशल मल्ल प्लेइङ–११ बाहिर

    काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा विराटनगर किंग्सविरुद्ध चितवन राइनोजले कप्तानीमा परिवर्तन गरेको छ। यसअघिका खेलमा चितवनको नेतृत्व गर्दै आएका कुशल मल्ललाई बेन्चमा राख्दै टोलीले रवि बोपारालाई कप्तानको जिम्मेवारी दिएको छ।

    आजको खेलमा कुशल प्लेइङ–११ मा परेका छैनन्। विराटनगर किंग्सको कप्तानी भने सन्दीप लामिछानेले गरिरहेका छन्।

    टस जितेको विराटनगरले पहिले बलिङ गर्ने निर्णय गरेको छ। टस हारेपछि चितवनका कप्तान बोपाराले राम्रो स्कोर बनाएर त्यसलाई रक्षा गर्ने रणनीति रहेको बताए।

    ‘मैले पछिल्ला खेलहरूमा लगातार नौ खेलमा टस हारेको छु। अब राम्रो स्कोर बनाएर डिफेन्ड गर्छौं,’ बोपाराले भने।

    तेस्रो संस्करणको एनपीएलमा विराटनगर र चितवन दुवै टोलीले आज पहिलो खेल खेल्दैछन्। कप्तानीमा परिवर्तन र कुशल मल्लको अनुपस्थितिसँगै चितवनको सुरुआती रणनीति खेलमा चासोको विषय बनेको छ।