बैतडीः नेपाली कांग्रेसको शेरबहादुर देउवा समूहले बैतडीमा जिल्ला कार्यसमिति तथा प्रदेश सभा क्षेत्रीय समितिका पदाधिकारी चयन गरेको छ। जिल्ला कार्यसमितिको सभापतिमा वीरबहादुर विष्ट चयन भएका छन्।
जिल्ला कार्यसमितिको उपसभापतिमा रमेश दत्त पाण्डेय र रमेश सिंह भण्डारी चयन भएका छन्। त्यस्तै, सचिवमा लालबहादुर चन्द र महेश दत्त भट्ट तथा सहसचिवमा वीरबहादुर गडाल र भानदेव भट्ट चयन भएका छन्।
यसैगरी, प्रदेश सभा क्षेत्र नम्बर १ को सभापतिमा रिकेशबहादुर बोहोरा निर्वाचित भएका छन्। उक्त समितिको उपसभापतिमा जोगा सिंह साउद र उत्तरबहादुर चन्द चयन भएका छन्।
क्षेत्र नम्बर १ को सचिवमा डम्मरे कुँवर र अम्बादत्त पन्त तथा सहसचिवमा गणेशदत्त भट्टराई र हजारि महरा चयन भएका छन्।
त्यस्तै, प्रदेश सभा क्षेत्र नम्बर २ को सभापतिमा भरत सिंह पुजारा निर्वाचित भएका छन्। उपसभापतिमा देवबहादुर चन्द र भीमराज भट्ट चयन भएका छन्।
क्षेत्र नम्बर २ को सचिवमा डम्बर दत्त कलौनी र राजेन्द्र जोशी तथा सहसचिवमा रतन सिंह कार्की र सुक्र सिंह महता चयन भएका छन्।
जिल्ला कार्यसमिति तथा दुवै प्रदेश सभा क्षेत्रीय समितिका पदाधिकारी चयनसँगै बैतडीमा नेपाली कांग्रेसको देउवा समूहले आफ्नो संगठनात्मक संरचनालाई अघि बढाएको छ।