काठमाडौँ– जल तथा मौसम पूर्वानुमान महाशाखाले दिएको जानकारी अनुसार, हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै बङ्गालको खाडीमा विकसित चक्रवात “अर्नब” को पनि प्रभाव रहने छ।
आज दिउँसो कोशी, मधेस, बागमती, र गण्डकी प्रदेश लगायत कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भू–भागमा साधारणतया बादल लाग्नेछ। बाँकी भू–भागमा आंशिक बादल लाग्नेछ। कोशी र बागमती प्रदेशका हिमाली भू–भागका केही स्थानमा तथा बाँकी हिमाली भू–भागका थोरै स्थानमा मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना रहको छ। मधेस प्रदेश लगायत कोशी र बागमती प्रदेशको पहाडी र तराई भू–भागका थोरै स्थानमा, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको एकरदुई स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना रहेको छ।
आज राति कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेश लगायत कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भू–भागमा अधिकांश बादल लाग्नेछ । बाँकी भू–भागमा साधारणतया बादल लाग्नेछ। कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान, कर्णाली र सुदूरपश्चिम प्रदेशको थोरै स्थानमा चट्याङ्गसहित मध्यम सम्मको वर्षा र हिमपातको सम्भावना छ।
कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षाररहिमपातको तथा लुम्बिनी र गण्डकी प्रदेशको पहाडी र तराई भू–भागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ।