लेखा समूहका ६१ उपसचिव सरुवा, यस्तो छ सूची - Chaitanya News
  • 2026-10-29
  • 09:55:57
  • बिहिबार,कार्तिक १३, २०८३
  • लेखा समूहका ६१ उपसचिव सरुवा, यस्तो छ सूची

    लेखा समूहका ६१ उपसचिव सरुवा, यस्तो छ सूची

    काठमाडौँ — महालेखा नियन्त्रक कार्यालयले नेपाल प्रशासन सेवा, लेखा समूहका ६१ जना उपसचिवस्तरका कर्मचारीको सरुवा तथा पदस्थापन गरेको छ ।

    कार्यालयले २०८३ कात्तिक ११ गतेको निर्णयअनुसार राजपत्राङ्कित द्वितीय श्रेणी वा सो सरहका कर्मचारीको सरुवा, पदस्थापन, काज व्यवस्थापन तथा जिम्मेवारी हेरफेर गरेको हो ।

    निर्णयअनुसार लेखा समूहअन्तर्गतका ६१ कर्मचारीको कार्यजिम्मेवारी व्यवस्थापन गरिएको महालेखा नियन्त्रक कार्यालयले जनाएको छ । सरुवा तथा पदस्थापनसम्बन्धी विस्तृत विवरण सूचीसहित सार्वजनिक गरिएको छ ।