एनपीएलमा आज जनकपुर–काठमाडौँ र कर्णाली–विराटनगर भिड्दै - Chaitanya News
  • 2026-10-29
  • 09:36:23
  • बिहिबार,कार्तिक १३, २०८३
  • एनपीएलमा आज जनकपुर–काठमाडौँ र कर्णाली–विराटनगर भिड्दै

    एनपीएलमा आज जनकपुर–काठमाडौँ र कर्णाली–विराटनगर भिड्दै

    काठमाडौँ — नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन् । त्रिवि क्रिकेट मैदानमा हुने खेलमा जनकपुर बोल्ट्सले काठमाडौँ गोर्खाजको सामना गर्दा कर्णाली याक्स र विराटनगर किंग्सबीच पनि प्रतिस्पर्धा हुनेछ ।

    आजको पहिलो खेलमा जनकपुर र काठमाडौँ आमनेसामने हुनेछन् । खेल दिउँसो साढे १२ बजे सुरु हुनेछ । जारी प्रतियोगितामा काठमाडौँले आज पहिलो खेल खेल्न लागेको हो भने जनकपुर पहिलो खेलमा कर्णाली याक्ससँग पराजित भएको थियो ।

    त्यस्तै, आजै साँझ ५ बजे कर्णाली याक्स र विराटनगर किंग्सबीच दोस्रो खेल हुनेछ । कर्णालीले जनकपुरलाई हराउँदै प्रतियोगितामा जित निकालिसकेको छ भने विराटनगर आफ्नो पहिलो खेलमा चितवन राइनोजसँग पराजित भएको थियो ।

    आजका दुवै खेल टोलीका लागि प्रतियोगितामा आफ्नो स्थिति बलियो बनाउने अवसरका रूपमा रहनेछन् । विशेषगरी पहिलो खेल गुमाएका जनकपुर र विराटनगर जित निकाल्ने लक्ष्यसहित मैदानमा उत्रनेछन् ।