चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 25 of 1151
  • 2026-11-21
  • 05:31:30
  • शुक्रबार,मंसिर ०५, २०८३

About Author

वार्नरको आगमनसँगै काठमान्डु गोर्खाजको टोलीमा तीन परिवर्तन, कर्णालीलाई ब्याटिङको निम्तो

काठमाडौँ– नेपाल प्रिमियर लिग (एनपीएल) मा पहिलो जितको खोजीमा रहेको काठमान्डु गोर्खाजले कर्णाली याक्सविरुद्धको खेलमा अनुभवी अस्ट्रेलियन ब्याटर डेभिड वार्नरलाई पहिलो रोजाइमा उतारेको छ । सोमबार भइरहेको खेलमा काठमान्डुले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ । काठमान्डुका कप्तान करण केसीले टस जित्दै कर्णालीलाई ब्याटिङको निम्तो दिएका हुन् । यस खेलका लागि काठमान्डुले अघिल्लो खेलको टोलीमा तीन खेलाडी परिवर्तन गरेको छ । अस्ट्रेलियन खेलाडी साम हिजलेट, सुमित महर्जन र हरिशंकर शाहको स्थानमा वार्नर, सन्तोष यादव र देव शाहलाई टोलीमा समावेश गरिएको छ । वार्नरले हिजलेटको स्थान लिएका हुन् । अनुभवी ब्याटर वार्नरको उपस्थितिले काठमान्डुको ब्याटिङ पक्षलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ । यता कर्णाली याक्सले पनि आफ्नो टोलीमा एक परिवर्तन गरेको छ । बंगलादेशका अकबर अलीको स्थानमा सोही देशका जिशान आलमले खेल्ने अवसर पाएका छन् । प्रतियोगितामा कर्णाली याक्सले उत्कृष्ट सुरुवात गरेको छ । सुरुवाती दुवै खेल जितेको कर्णाली चार अङ्कसहित लगातार तेस्रो जित निकाल्ने लक्ष्यमा मैदान उत्रिएको छ । अर्कोतर्फ पहिलो खेलमा जनकपुरसँग पराजित भएको काठमान्डु दबाबमा छ । प्रतियोगितामा पहिलो जितको खोजीमा रहेको काठमान्डुले वार्नरको आगमनसँगै ब्याटिङमा सुधार गर्दै कर्णालीलाई चुनौती दिने लक्ष्य राखेको छ ।

News by वार्नरको आगमनसँगै काठमान्डु गोर्खाजको टोलीमा तीन परिवर्तन, कर्णालीलाई ब्याटिङको निम्तो :