सरकारविरुद्ध विपक्षी दलहरूलाई एक ठाउँमा ल्याउने कांग्रेसको प्रयास - Chaitanya News
  • 2026-11-02
  • 12:22:28
  • सोमबार,कार्तिक १७, २०८३
  • सरकारविरुद्ध विपक्षी दलहरूलाई एक ठाउँमा ल्याउने कांग्रेसको प्रयास

    सरकारविरुद्ध विपक्षी दलहरूलाई एक ठाउँमा ल्याउने कांग्रेसको प्रयास

    काठमाडौँ– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारका गतिविधिविरुद्ध विपक्षी दलहरूलाई एकजुट बनाउने पहल थालेको छ । विधिको शासन, प्रेस स्वतन्त्रता र शक्ति पृथकीकरणको सिद्धान्तमाथि असर पर्ने गरी सरकार अघि बढे त्यसको प्रतिवाद गर्न साझा मोर्चा निर्माण गर्ने कांग्रेसको तयारी छ ।

    सोमबार बिहान सिंहदरबारमा बसेको कांग्रेस संसदीय दलको बैठकले अन्य विपक्षी दलहरूसँग सहकार्य गरेर अघि बढ्ने निर्णय गरेको हो । बैठकपछि दलका नेता भीष्मराज आङ्देम्बेले सरकारका कदमविरुद्ध साझा धारणा र रणनीति बनाउन सोमबार दिउँसो १ बजे विपक्षी दलहरूको बैठक बोलाइएको जानकारी दिए ।

    उनका अनुसार पछिल्लो समय चर्चामा रहेको अदालत, बिचौलिया र प्रहरी प्रशासनसँग सम्बन्धित विषयमा समेत विपक्षी दलहरूसँग छलफल हुनेछ । उक्त विषयमा साझा धारणा बनाएर आवश्यक संयुक्त कदम चाल्ने कांग्रेसको योजना रहेको उनले बताए।