चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 14 of 1160
  • 2026-11-25
  • 14:51:06
  • बुधबार,मंसिर १०, २०८३

About Author

दानबहादुर कार्कीलाई तत्काल पुनर्बहाली गर्न सर्वोच्चले दिएन आदेश

काठमाडौँ– प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाइएपछि पुनर्बहालीको माग गर्दै दानबहादुर कार्कीले दायर गरेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ । सर्वोच्च अदालतका न्यायाधीश श्रीकान्त पौडेलको एकल इजलासले कार्कीलाई पदबाट हटाउनुको कारण खुलाउन सरकारका नाममा आदेश जारी गरेको छ । साथै अन्तरिम आदेश दिने वा नदिने विषयमा छलफल गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, गृह मन्त्रालय र प्रहरी प्रधान कार्यालयलाई अदालतमा उपस्थित हुन आदेश दिएको छ । कार्कीले प्रहरी ऐन, २०१२ र प्रहरी नियमावली, २०७१ विपरीत आफूलाई प्रहरी महानिरीक्षक पदबाट हटाइएको दाबी गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए । उनले आफूलाई पुनः आईजीपी पदमा बहाली गर्न र नवनियुक्त प्रहरी महानिरीक्षकलाई कामकाज गर्न नदिन अन्तरिम आदेशको माग गरेका थिए । रिटमाथिको सुनुवाइका क्रममा कार्कीको पक्षबाट वरिष्ठ अधिवक्ताहरू बद्रीबहादुर कार्की, पूर्णमान शाक्य, सचितकृष्ण खरेल, डा. दिनमणि पोखरेल तथा अधिवक्ताहरू टीकाबहादुर कुँवर र माधव बस्नेतलगायतले बहस गरेका थिए । बालेन्द्र शाह नेतृत्वको सरकारले डा. मनोज केसीलाई नयाँ प्रहरी महानिरीक्षक नियुक्त गर्दै कार्कीलाई प्रधानमन्त्रीको प्रमुख सुरक्षा सल्लाहकारको जिम्मेवारी दिएको थियो । सरकारको उक्त निर्णय कार्यान्वयनमा रोक लगाउन र आफूलाई पूर्ववत् पदमा पुनर्बहाली गर्न माग गर्दै कार्की अदालत पुगेका थिए । तर सर्वोच्चले तत्काल अन्तरिम आदेश जारी नगरी सरकारसँग निर्णयको कारण माग गरेको छ ।

News by दानबहादुर कार्कीलाई तत्काल पुनर्बहाली गर्न सर्वोच्चले दिएन आदेश :