चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 20 of 1102
  • 2026-10-05
  • 21:43:31
  • सोमबार,आश्विन १९, २०८३

About Author

आज एकै दिन संघीय संसद्का दुवै सदनको बैठक बस्दै, के छन् एजेन्डा?

काठमाडौँ– आज (बिहीबार) एकै दिन संघीय संसद्का दुवै सदनको बैठक आज बस्दै छन्। जसअनुसार, प्रतिनिधि सभाको बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘निस्शुल्क कानुनी सहायतासम्बन्धी विधेयक, २०८३’ प्रस्तुत गर्ने सम्भावित कार्यसूची तय भएको छ। यसैगरी, बैठकमा पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले ‘फोहोर मैला व्यवस्थापन विधेयक, २०८३ माथि विचार गरियोस् ’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने छन्। बैठक बिहान ११ बजे सिंहदरबारमा बस्ने छ। राष्ट्रियसभा: लोक सेवा आयोगको प्रतिवेदन पेस हुने: यस्तै, अपराह्न १ः१५ बजे बस्ने राष्ट्रिय सभाको बैठकमा राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रपतिको कार्यालयबाट प्राप्त पत्रको बेहोरा जानकारी गराउने कार्यसूची रहेको छ। यसैगरी, बैठकमा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको सम्बन्धित मन्त्रीले उत्तर दिने छन्। प्रधानमन्त्री वालेन्द्र शाहका तर्फबाट अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले लोक सेवा आयोगको आर्थिक वर्ष २०८१–८२ को वार्षिक प्रतिवेदन सभासमक्ष पेस गर्ने छन्। यसैगरी, बैठकमा विकास, आर्थिक मामिला तथा सुशासन समितिका सभापति कृष्णप्रसाद पौडेलले ‘विकास, आर्थिक मामिला तथा सुशासन समितिको आर्थिक वर्ष २०८२ः०८३ को वार्षिक प्रतिवेदन’ सभासमक्ष पेस गर्ने कार्यसूची छ। पाँच संसदीय समितिको बैठक बस्दै: यस्तै, आज विभिन्न पाँच वटा समितिको बैठक बस्दै छ। निर्धारित कार्यक्रमअनुसार, कृषि तथा प्राकृतिक स्रोत समिति, राज्य व्यवस्था तथा सुशासन समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति, विकास, आर्थिक मामिला तथा सुशासन समिति र संसदीय सुनुवाइ समितिको बैठक बस्दै छ।

News by आज एकै दिन संघीय संसद्का दुवै सदनको बैठक बस्दै, के छन् एजेन्डा? :