प्रधानमन्त्री बालेन्द्रको भारत भ्रमणको तयारीमा जुट्यो कूटनीति, काठमाडौं आए भारतीय विदेश सचिव - Chaitanya News
  • 2026-11-04
  • 13:21:27
  • बुधबार,कार्तिक १९, २०८३
  • प्रधानमन्त्री बालेन्द्रको भारत भ्रमणको तयारीमा जुट्यो कूटनीति, काठमाडौं आए भारतीय विदेश सचिव

    प्रधानमन्त्री बालेन्द्रको भारत भ्रमणको तयारीमा जुट्यो कूटनीति, काठमाडौं आए भारतीय विदेश सचिव

    काठमाडौं– प्रधानमन्त्री बालेन्द्र शाहको आसन्न भारत भ्रमणलाई केन्द्रमा राखेर नेपाल–भारतबीच कूटनीतिक भेटघाट र संवाद अघि बढेको छ। भ्रमणको तयारीका लागि काठमाडौं आएका भारतीय विदेश सचिव विक्रम मिश्रीले नेपालमा आफ्नो भेटघाट सुरु गरेका छन्।

    काठमाडौं आइपुगेको केही समयमै मिश्रीले परराष्ट्रमन्त्री शिशिर खनालसँग शिष्टाचार भेट गरेका छन्। परराष्ट्र मन्त्रालयमा भएको भेटमा दुई देशबीचको सम्बन्ध, आपसी सहकार्य र द्विपक्षीय साझेदारीलाई थप विस्तार गर्ने विषयमा छलफल भएको परराष्ट्रमन्त्रीको सचिवालयले जनाएको छ।

    मन्त्रालयका अनुसार भेटमा नेपाल र भारतबीच रहिआएको ऐतिहासिक मैत्रीपूर्ण सम्बन्धलाई थप सुदृढ बनाउने तथा बहुआयामिक साझेदारीलाई अझ गहिरो बनाउने विषयमा कुराकानी भएको थियो।

    त्यसैगरी, दुई देशबीच आपसी सम्बन्धका विभिन्न पक्ष र द्विपक्षीय सहकार्यका क्षेत्रलाई थप विस्तार गर्ने विषयमा समेत छलफल भएको मन्त्रालयले जनाएको छ।

    प्रधानमन्त्री शाहको आसन्न भारत भ्रमणको तयारीका सिलसिलामा भारतीय विदेश सचिव मिश्री बुधबार बिहान काठमाडौं आएका हुन्। उनको भ्रमणलाई प्रधानमन्त्रीको भारत भ्रमणको तयारी र दुई देशबीचको उच्चस्तरीय कूटनीतिक संवादका दृष्टिले महत्त्वपूर्ण रूपमा हेरिएको छ।

    मिश्रीको काठमाडौं आगमनसँगै प्रधानमन्त्रीको भारत भ्रमणका लागि आवश्यक कूटनीतिक तयारीले गति लिएको छ।