आज पनि मन्त्रिपरिषद् बैठक बस्दै, के छन् एजेन्डा ? - Chaitanya News
  • 2026-11-04
  • 14:06:11
  • बुधबार,कार्तिक १९, २०८३
  • आज पनि मन्त्रिपरिषद् बैठक बस्दै, के छन् एजेन्डा ?

    आज पनि मन्त्रिपरिषद् बैठक बस्दै, के छन् एजेन्डा ?

    काठमाडौँ– सरकारले लगातार दोस्रो दिन मन्त्रिपरिषद् बैठक बोलाएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बुधबार दिउँसो १ बजे बैठक बस्न लागेको हो।

    यसअघि मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो।

    मंगलबारको बैठकले प्रेस काउन्सिल नेपाल ऐन, २०४८ लाई संशोधन गर्न बनेको अध्यादेश तथा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनलगायत केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो।

    लगातार दुई दिन मन्त्रिपरिषद् बैठक बस्न लागेकाले आजको बैठकलाई पनि चासोका साथ हेरिएको छ।