काठमाडौँ– सरकारले नेपाल प्रहरीको नेतृत्व परिवर्तन गर्ने निर्णय गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले एआईजी मनोज केसीलाई प्रहरी महानिरीक्षक (आईजीपी) नियुक्त गर्ने निर्णय गरेको हो।
बैठकले वर्तमान आईजीपी दानबहादुर कार्कीलाई सुरक्षा सल्लाहकारमा सरुवा गर्ने निर्णयसमेत गरेको छ। कार्कीलाई उक्त जिम्मेवारीमा पठाउने निर्णयसँगै केसीले नेपाल प्रहरीको नयाँ नेतृत्व सम्हाल्ने भएका छन्।
सरकारको यस निर्णयसँगै नेपाल प्रहरीको नेतृत्वमा परिवर्तन हुने भएको छ।