आईजीपीबाट हटाइए दानबहादुर कार्की - Chaitanya News
  • 2026-11-04
  • 15:25:04
  • बुधबार,कार्तिक १९, २०८३
  • आईजीपीबाट हटाइए दानबहादुर कार्की

    आईजीपीबाट हटाइए दानबहादुर कार्की

    काठमाडौं–   सरकारले नेपाल प्रहरीको नेतृत्वमा फेरबदल गर्दै प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई जिम्मेवारीबाट मुक्त गर्ने निर्णय गरेको छ। मन्त्रिपरिषद्को निर्णयअनुसार कार्कीलाई प्रधानमन्त्री कार्यालय मातहत रहने गरी सल्लाहकारको जिम्मेवारीमा पठाइएको छ।

    पछिल्लो समय सार्वजनिक भएका विभिन्न विवादास्पद घटनाक्रममा कार्कीको भूमिकामाथि समेत प्रश्न उठेपछि सरकारले प्रहरी नेतृत्व परिवर्तन गर्ने निर्णय लिएको हो।

    कार्कीलाई सिधै बर्खास्त गर्दा कानुनी जटिलता उत्पन्न हुन सक्ने देखिएपछि सरकारले उनलाई आईजीपीको जिम्मेवारीबाट हटाएर प्रधानमन्त्री कार्यालय मातहत सरुवा गर्ने विकल्प रोजेको बताइएको छ।

    यसैबीच सरकारले एआईजी मनोज केसीलाई नयाँ प्रहरी महानिरीक्षक नियुक्त गर्ने निर्णय गरेको छ। यो निर्णयसँगै नेपाल प्रहरीको नेतृत्वमा परिवर्तन हुने भएको छ।