चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 38 of 1102
  • 2026-10-06
  • 04:13:16
  • सोमबार,आश्विन १९, २०८३

About Author

अर्थमन्त्री डा. वाग्लेको मानवीय मामला अवैतनिक सल्लाहकारमा विश्व विजय पराजुली

काठमाडौँ– अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको मानवीय मामिला सल्लाहकारमा विश्व विजय पराजुलीलाई नियुक्त भएका छन्। भदौ २४ को मन्त्री स्तरीय निर्णय अनुसार उनलाई मंसिर मसान्तसम्मका लागि अवैतनिक सल्लाहकारको रूपमा नियुक्त गरेका हुन्। भोटेकोशी बाढी पश्चात् मन्त्रालयले निर्वाह गर्नुपर्ने मानवीय हितका काममा सहयोग हुने अपेक्षासहित छोटो अवधिका लागि उनलाई नियुक्त गरिएको हो । पराजुलीको संयुक्त राष्ट्र संघमा लामो र गहन अनुभव रहेको छ। उनको यो अनुभव नेपालमा विपद् पश्चातको मानवीय राहत र पुनर्स्थापनाको काममा निकै उपयोगी हुने विश्वास अर्थ मन्त्रालयले लिएको छ। विशेष गरी विपद् जोखिम न्यूनीकरण र व्यवस्थापनमा पराजुलीको विज्ञताले मन्त्रालयको कामलाई प्रभावकारी बनाउन मद्दत पुग्ने अपेक्षा गरिएको छ। मन्त्री वाग्लेले पराजुलीलाई नियुक्ति पत्र हस्तान्तरण गर्दै उहाँको सफल कार्यकालको कामना गरेका छन्।

News by अर्थमन्त्री डा. वाग्लेको मानवीय मामला अवैतनिक सल्लाहकारमा विश्व विजय पराजुली :