काठमाडौं– नेपाली बजारमा शुक्रबार सुनको मूल्यमा उल्लेख्य गिरावट आएको छ । एकैदिन सुनको मूल्य प्रतितोला ३ हजार २ सय रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको मूल्य प्रतितोला २ लाख ८० हजार ३ सय रुपैयाँ कायम भएको छ । बिहीबार सुन प्रतितोला २ लाख ८३ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।
सुनसँगै चाँदीको मूल्यमा पनि गिरावट आएको छ । शुक्रबार चाँदी प्रतितोला १०५ रुपैयाँले घटेर ३ हजार ८२५ रुपैयाँमा झरेको महासंघले जनाएको छ ।
यसअघि बिहीबार चाँदी प्रतितोला ३ हजार ९३० रुपैयाँमा कारोबार भएको थियो ।