काठमाडौँ– सोलुखुम्बु जिल्लाको खुम्बु पासाङल्हामु गाउँपालिका स्थित पर्यटकीय क्षेत्र दिङबुचेमा हिमपात भएको छ।
अचानक मौसममा आएको परिवर्तनसँगै उच्च हिमाली भेगमा हिमपात सुरु भएको हो। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार हिमपातका कारण सो क्षेत्रको जनजीवन प्रभावित हुनुका साथै चिसो अत्यधिक बढेको छ।
.हिमपातपछि सो क्षेत्रका घर, डाँडाकाँडा र सडकहरू हिउँले ढकेका छन्।