काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । केन्द्रीय बैंकले सार्वजनिक गरेको दरअनुसार अमेरिकी डलरदेखि युरोपियन युरो, बेलायती पाउन्ड तथा खाडी मुलुकका मुद्राको खरिद र बिक्री मूल्य निर्धारण गरिएको छ ।
राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ १२ पैसा र बिक्रीदर १५२ रुपैयाँ ७२ पैसा रहेको छ ।
त्यस्तै, युरोपियन युरो एकको खरिददर १६९ रुपैयाँ ४२ पैसा र बिक्रीदर १७० रुपैयाँ ०९ पैसा कायम भएको छ । बेलायती पाउन्ड स्टर्लिङ एकको खरिददर २०२ रुपैयाँ ५२ पैसा र बिक्रीदर २०३ रुपैयाँ ३२ पैसा तथा स्वीस फ्र्याङ्क एकको खरिददर १८३ रुपैयाँ ५६ पैसा र बिक्रीदर १८४ रुपैयाँ २९ पैसा तोकिएको छ ।
अष्ट्रेलियन डलर एकको खरिददर १०६ रुपैयाँ ९७ पैसा र बिक्रीदर १०७ रुपैयाँ ३९ पैसा रहेको छ भने क्यानेडियन डलर एकको खरिददर १०८ रुपैयाँ ६९ पैसा र बिक्रीदर १०९ रुपैयाँ १२ पैसा निर्धारण गरिएको छ । सिङ्गापुर डलर एकको खरिददर ११८ रुपैयाँ ७३ पैसा र बिक्रीदर ११९ रुपैयाँ २० पैसा रहेको छ ।
यस्तै, जापानी येन १० को खरिददर नौ रुपैयाँ ६३ पैसा र बिक्रीदर नौ रुपैयाँ ६७ पैसा तोकिएको छ । चिनियाँ युआन एकको खरिददर २२ रुपैयाँ ८४ पैसा र बिक्रीदर २२ रुपैयाँ ९३ पैसा कायम गरिएको छ ।
खाडी मुलुकका मुद्रातर्फ साउदी अरेबियन रियाल एकको खरिददर ४० रुपैयाँ ५४ पैसा र बिक्रीदर ४० रुपैयाँ ७० पैसा रहेको छ । कतारी रियाल एकको खरिददर ४१ रुपैयाँ ७३ पैसा र बिक्रीदर ४१ रुपैयाँ ९० पैसा तथा युएई दिराम एकको खरिददर ४१ रुपैयाँ ४२ पैसा र बिक्रीदर ४१ रुपैयाँ ५८ पैसा निर्धारण गरिएको छ ।
त्यसैगरी, कुवेती दिनार एकको खरिददर ४९३ रुपैयाँ ५० पैसा र बिक्रीदर ४९५ रुपैयाँ ४४ पैसा रहेको छ । बहराइन दिनार एकको खरिददर ४०३ रुपैयाँ १६ पैसा र बिक्रीदर ४०४ रुपैयाँ ७५ पैसा तथा ओमनी रियाल एकको खरिददर ३९५ रुपैयाँ १० पैसा र बिक्रीदर ३९६ रुपैयाँ ६६ पैसा तोकिएको छ ।
अन्य मुद्रातर्फ थाई भाट एकको खरिददर चार रुपैयाँ ५१ पैसा र बिक्रीदर चार रुपैयाँ ५२ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३७ रुपैयाँ ४७ पैसा र बिक्रीदर ३७ रुपैयाँ ६२ पैसा रहेको छ ।
साउथ कोरियन वन १०० को खरिददर ११ रुपैयाँ ३७ पैसा र बिक्रीदर ११ रुपैयाँ ४२ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १५ रुपैयाँ ३७ पैसा र बिक्रीदर १५ रुपैयाँ ४३ पैसा तथा डेनिस क्रोनर एकको खरिददर २२ रुपैयाँ ६७ पैसा र बिक्रीदर २२ रुपैयाँ ७६ पैसा कायम गरिएको छ ।
हङकङ डलर एकको खरिददर १९ रुपैयाँ ३९ पैसा र बिक्रीदर १९ रुपैयाँ ४६ पैसा रहेको छ । भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको छ ।
राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दर आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ ।