चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 4 of 1099
  • 2026-10-04
  • 13:55:44
  • आइतबार,आश्विन १८, २०८३

About Author

निर्वाचन आयोगद्वारा वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश

काठमाडौँ– निर्वाचन आयोगले आफ्नो वार्षिक प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पेश गरेको छ। आज (बिहीबार) प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्कीसहित आयुक्तहरूको टोलीले राष्ट्रपति भवन शितलनिवासमा पुगेर सो प्रतिवेदन हस्तान्तरण गरेको हो। निर्वाचन आयोग ऐन, २०७३ को दफा ४४ बमोजिम आयोगले हरेक वर्ष आफ्नो वार्षिक प्रतिवेदन राष्ट्रपति समक्ष पेश गर्नुपर्ने संवैधानिक तथा कानूनी व्यवस्था छ। सोही व्यवस्था बमोजिम आयोगले पछिल्लो एक वर्षमा सम्पादन गरेका कामकारबाही, निर्वाचन व्यवस्थापन र आयोगको सुधारका क्षेत्रहरू समेटिएको प्रतिवेदन बुझाएको हो। प्रतिवेदन हस्तान्तरण कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्कीका साथै आयोगका अन्य आयुक्तहरूको उपस्थिति रहेको थियो । कार्यक्रममा निर्वाचन आयोगका तर्फबाट हालसम्मका उपलब्धि र आगामी दिनमा आयोगले प्राथमिकतामा राखेका सुधारका कार्यहरूबारे राष्ट्रपति पौडेललाई संक्षिप्त जानकारी गराइएको थियो । राष्ट्रपति पौडेलले संवैधानिक निकायको रूपमा रहेको निर्वाचन आयोगले स्वतन्त्र, निष्पक्ष र विश्वसनीय निर्वाचनका लागि निर्वाह गरेको भूमिकाको प्रशंसा गर्दै लोकतन्त्रको सुदृढीकरणमा आयोगको सक्रियता महत्वपूर्ण रहने उल्लेख गरे ।

News by निर्वाचन आयोगद्वारा वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश :