चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 32 of 1153
  • 2026-11-23
  • 08:47:21
  • सोमबार,मंसिर ०८, २०८३

About Author

सुनको मूल्यमा ठूलो गिरावट, चाँदी पनि घट्यो

काठमाडौं– नेपाली बजारमा शुक्रबार सुनको मूल्यमा उल्लेख्य गिरावट आएको छ । एकैदिन सुनको मूल्य प्रतितोला ३ हजार २ सय रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको मूल्य प्रतितोला २ लाख ८० हजार ३ सय रुपैयाँ कायम भएको छ । बिहीबार सुन प्रतितोला २ लाख ८३ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । सुनसँगै चाँदीको मूल्यमा पनि गिरावट आएको छ । शुक्रबार चाँदी प्रतितोला १०५ रुपैयाँले घटेर ३ हजार ८२५ रुपैयाँमा झरेको महासंघले जनाएको छ । यसअघि बिहीबार चाँदी प्रतितोला ३ हजार ९३० रुपैयाँमा कारोबार भएको थियो ।

News by सुनको मूल्यमा ठूलो गिरावट, चाँदी पनि घट्यो :