काठमाडौं– तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको दोस्रो खेल वर्षाका बीच सुरु हुने तयारीमा छ । कर्णाली याक्सले टस जितेर विराटनगर किंग्सलाई पहिले ब्याटिङको निम्तो दिएको छ ।
त्रिवि क्रिकेट मैदानमा छिटपुट वर्षा भइरहेका बेला कर्णालीका कप्तान सोमपाल कामीले टस जित्दै पहिले फिल्डिङ गर्ने निर्णय गरेका हुन् ।
वर्षाका कारण मैदानको मुख्य पिचलाई त्रिपालले छोपिएको छ भने आउटफिल्ड खुला राखिएको छ । वर्षाकै बीच अम्पायरले छाता ओढेर टस गराएका थिए ।
टस प्रक्रिया सकिएसँगै दुवै टोलीका खेलाडी वार्मअपका लागि मैदानमा निस्किएका छन् । यद्यपि, मैदानमा भइरहेको छिटपुट वर्षाले खेल सञ्चालनमा कस्तो प्रभाव पार्छ भन्ने हेर्न बाँकी छ ।