काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विभिन्न विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। केन्द्रीय बैंकले सार्वजनिक गरेको नयाँ दरअनुसार अमेरिकी डलरको खरिददर १४७ रुपैयाँ ९८ पैसा र बिक्रीदर १४८ रुपैयाँ ५८ पैसा कायम भएको छ।
त्यस्तै, युरोपियन युरो एकको खरिददर १६२ रुपैयाँ ३० पैसा र बिक्रीदर १६२ रुपैयाँ ९६ पैसा निर्धारण गरिएको छ। युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १९३ रुपैयाँ ५९ पैसा र बिक्रीदर १९४ रुपैयाँ ३८ पैसा तथा स्वीस फ्र्यांक एकको खरिददर १७६ रुपैयाँ १४ पैसा र बिक्रीदर १७६ रुपैयाँ ८५ पैसा तोकिएको छ।
राष्ट्र बैंकका अनुसार अष्ट्रेलियन डलर एकको खरिददर ९७ रुपैयाँ ९२ पैसा र बिक्रीदर ९८ रुपैयाँ ३२ पैसा रहेको छ। क्यानेडियन डलर एकको खरिददर १०३ रुपैयाँ १८ पैसा र बिक्रीदर १०३ रुपैयाँ ५९ पैसा कायम हुँदा सिङ्गापुर डलर एकको खरिददर ११४ रुपैयाँ ७१ पैसा र बिक्रीदर ११५ रुपैयाँ १७ पैसा निर्धारण गरिएको छ।
एसियाली मुलुकका मुद्रातर्फ जापानी येन १० को खरिददर नौ रुपैयाँ ३३ पैसा र बिक्रीदर नौ रुपैयाँ ३७ पैसा रहेको छ । चिनियाँ युआन एकको खरिददर २२ रुपैयाँ १६ पैसा र बिक्रीदर २२ रुपैयाँ २५ पैसा कायम गरिएको छ । यस्तै, थाई भाट एकको खरिददर चार रुपैयाँ ३५ पैसा र बिक्रीदर चार रुपैयाँ ३७ पैसा तोकिएको छ।
मध्यपूर्वी मुलुकका मुद्रामध्ये साउदी अरेबियन रियाल एकको खरिददर ३९ रुपैयाँ ४४ पैसा र बिक्रीदर ३९ रुपैयाँ ६० पैसा रहेको छ । कतारी रियाल एकको खरिददर ४० रुपैयाँ ६१ पैसा र बिक्रीदर ४० रुपैयाँ ७८ पैसा तथा यूएई दिराम एकको खरिददर ४० रुपैयाँ २९ पैसा र बिक्रीदर ४० रुपैयाँ ४६ पैसा निर्धारण गरिएको छ।
त्यसैगरी, मलेसियन रिङ्गेट एकको खरिददर ३५ रुपैयाँ ९८ पैसा र बिक्रीदर ३६ रुपैयाँ १३ पैसा कायम भएको छ। दक्षिण कोरियन वन १०० को खरिददर १० रुपैयाँ ९९ पैसा र बिक्रीदर ११ रुपैयाँ ०४ पैसा रहेको छ। स्वीडिस क्रोनर एकको खरिददर १४ रुपैयाँ ४७ पैसा र बिक्रीदर १४ रुपैयाँ ५३ पैसा तथा डेनिस क्रोनर एकको खरिददर २१ रुपैयाँ ७१ पैसा र बिक्रीदर २१ रुपैयाँ ८० पैसा तोकिएको छ।
हङकङ डलर एकको खरिददर १८ रुपैयाँ ८८ पैसा र बिक्रीदर १८ रुपैयाँ ९५ पैसा रहेको छ। कुवेती दिनार एकको खरिददर ४७८ रुपैयाँ ९० पैसा र बिक्रीदर ४८० रुपैयाँ ८४ पैसा कायम भएको छ। बहराइन दिनार एकको खरिददर ३९२ रुपैयाँ ३१ पैसा र बिक्रीदर ३९३ रुपैयाँ ९० पैसा तथा ओमनी रियाल एकको खरिददर ३८४ रुपैयाँ ३५ पैसा र बिक्रीदर ३८५ रुपैयाँ ९१ पैसा निर्धारण गरिएको राष्ट्र बैंकले जनाएको छ।
भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको छ।
राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दर आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ।